बिसौना बाल बिकास केन्द्र लाई NYC द्वारा १५ हजार सहयोग प्रदान !

ताराखोला २०७५ पुस ८ । सामाजिक कार्यमा सक्रिय रहदै आयको ताराखोलाको नबसृजना युवा क्लब ( NYC ) ताराले यहाँ एक बालबिकास केन्द्रलाई १५ हजार सहयोग गरेको छ ।

ताराखोला गाउँ पालिका वडा न ४ तारा बिसौनाको दलित बस्तीमा यसै शैक्षिक सत्रको असोज देखि संचालित बिसौना बाल बिकास केन्द्रको ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेको क्लबले जनाएको छ ।

३४ जना बालबालिकाहरु अध्ययनरत रहेको उक्त बालबिकास केन्द्रमा शैक्षिक सामाग्री ब्यबस्थापनका लागि सहयोग प्रदान गरिएको क्लबका अध्यक्ष पूर्णभद्र निउरेले जानकारी दिए ।

आइतबार बाल बिकासकेन्द्र ब्यबस्थापन समितीका अध्यक्ष भबिलाल बि कलाई क्लबका अध्यक्ष पूर्णभद्र निउरे र कोषाध्यक्ष जि एम जितुले संयुक्त रुपमा क्लबको तर्फबाट १५ हजारको चेक प्रदान गर्दै सहयोग गरेका थिए ।

क्लबले यस अघि पनि स्थानिय युवाबर्ष प्रा बिलाई ५० हजार, युवा बर्ष बाल बिकास केन्द्रलाई १५ हजार सहयोग प्रदान गरि सकेको छ भने अहिले नेपाल मा बि ताराको स्वर्ण् महोत्सवको शिलशिलामा प्राबिधिक शिक्षा तथा क्याम्पस संचालनका लागि आर्थिक संकलन अभियान सन्चालन गरि रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *