बुर्तिवाङमा तारा खेल प्रतियोगिता सम्पन्न : तमान युवा क्लब प्रथम !

डम्मर बुढामगर, बुर्तिवाङ २०७३ चैत २ । थकाली सेवा समिती बुर्तिबाङको आयोजनामा गत फागुन २६ गतेदेखि सुरु भएको ताराखेल प्रतियोगिता मँगलबार सम्पन्न भएको छ । प्रतियोगितामा तमान युवा क्लब तमान प्रथम हुन सफल भएको छ । व्दितीयमा सोले युवा क्लब तमान लाम्बेला, तृतीयमा भुमे स्पोर्ट युवा क्लब बोङगाखानी भएका छन् ।

थकाली समुदायको महान पर्व तोरन्लह तथा होली पर्वको अबसरमा आयोजित प्रतियोगितामा यस क्षेत्रका नौ डल्ले युवा क्लब भित्रिवन, सोले युवा क्लब लाम्बेला, भुमे युवा क्लब बोङगाखानी, बोङगादोभान मगर सँघ समुह ए र समुह बी, तमान युवा क्लब, बुर्तिबाङ मगर समाज, थकाली सेवा समिती, घैयाखानी समुह ए र समुह बी गरी १० समुहले सहभागिता जनाएका थिए ।

तारा खेल प्रतियोगितमा प्रथम, व्दितिय र तृतिय हुने क्लबले क्रमश ५१, ३१ र ११ हजार नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगितामा न्यारमखोल हान्ने प्रतियोगितमा छन्त्याल सँघ घैयाखानीका खेलाडी नारायण छन्त्याल छनौट भएका छन् ।

बिशिष्ठ धनुष्धर तर्फ तमान युवा क्लबका भविन्द्र घर्ती चयन भए। उनले ४२ सरमा ४० सर हानेका थिए । बयोबृद्ध खेलाडीमा नौ डल्ले युवा क्लबका देबेन्द्र छन्त्याल छनौट भए भने सबैभन्दा कान्छो खेलाडी तर्फ छन्त्याल सँघ घैयाखानीका मनोज छन्त्याल छानिएका छन् । उत्कृष्ट छानिएका ६ खेलाडिलाई नगद रु ३ हजार, मेडल र प्रमाणपत्रले सम्मान गरिएको तारा खेल समितीका अध्यक्ष गोकुल शेरचनले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.