कार्यालय प्रमुख तथा पत्रकारहरुवीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न !
विपद व्यवस्थापन, सुरक्षा, सुशासन कायम गर्नका लागि पत्रकारहरुले पु-याएको योगदान सह्रानीय : प्रजिअ खरेल

कोपिला कंडेल, बागलुङ २०७५ पुस ८ । जिल्ला प्रशासन कार्यालय बागलुङमा जिल्ला स्थित सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुका प्रमुख, सूचना अधिकारी तथा पत्रकारहरुबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखहरुले गत मंसिर महिनामा आआफ्ना कार्यालयबाट सम्पादन गरिएका कार्यहरुको प्रगति तथा अवस्थाबारे पत्रकारहरुलाई जानकारी गराईएको थियो ।

पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुखहरुका तर्फबाट लोकसेवा आयोग बागलुङ कार्यालयका निर्देशक गणेश पौडेलले सूचना प्रवाह सम्वन्धमा कार्यालय प्रमुखहरु र पत्रकारबीच गरिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम महत्वपूर्ण भएको बताएका थिए ।

सूचाना अधिकारीहरुका तर्फबाट जनस्वास्थ्यका सूचना अधिकारी घनश्याम सापकोटा तथा पत्रकारहरुका तर्फबाट नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीसले मन्तव्य व्यक्त गरेका थिए ।

कार्य क्रममा अध्यक्षको आसनबाट बोल्दै प्रजिअ खरेलले पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमबाट जनता समक्ष प्रभावकारी सूचना प्रवाह हुने चर्चा गर्दै विपद व्यवस्थापन, सुरक्षा, प्रशासनमा सुशासन कायम गर्नका लागि पत्रकारहरुले पुयाएको योगदान सह्रानीय भएको भन्दै प्रशंसा गरेका थिए ।

सोहि अवसरमा बागलुङ जिल्ला क्षेत्र नं २ ख बाट निर्वाचित प्रदेश सांसद टेकबहादुर घर्तीमगरको असामयिक निधन प्रति गहिरो दुख व्यक्त गर्दै १ मिनेट मौन धारण गरी श्रद्धान्जलि अर्पण गरिएको थियो भने शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए ।
कार्यक्रमा स्वागत मन्तव्य जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछाने गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.