आजको तस्वीर : कालिका पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित !

बागलुङ २०७५ पुस ८ । बागलुङ कालिका भगवती मन्दिरको समाचार सम्प्रेषण, प्रवद्र्धन तथा प्रचार प्रसारको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको भन्दै कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा क्रियाशील दुई पत्रकारहरुलाई जनहीँ रु ५ हजार राशीको कालिका पत्रकारिता पुरस्कार २०७४ले सम्मानित गरेको छ ।

नेपाल पत्रकार महासंघको निर्माणाधीन भवनमा कालिका भगवती गुठीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधी सभा सांसद डा. सूर्य पाठकले नेपाल टेलिभिजनका सम्वाददाता किरण आचार्य तथा रेडियो नेपालकी सम्वाददाता कोपिला कँडेललाई कालिका पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका हुन् ।

कार्यक्रम कालिका भगवती गुठीका अध्यक्ष राजु खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तस्वीर सौजन्य : किरण आचार्य, नेपाल टेलिभिजन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.