पूर्व राजा हेर्न पोखरामा फेरी अर्को लडाई, बुद्ध धर्मका मानिस पनि हिन्दु राष्ट्र माग्दै (भिडियो)

पोखरा २०७५ पुुस ८ । केही हप्ता देखी पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा छन् । पोखरामा आफन्त भेटघाट तथा अंग्रेजी नयाँबर्ष मनाउन आएको भनिए पनि आफ्नो चहलपहल उनले तिब्र पारेका छन् । केही दिन अघि मात्र राप्रपाका नेता कमल थापा पनि पोखरा आएर पूर्व राजालाई भेटेका छन् । राजसंस्था र हिन्दु राज्यका लागी बिशेष पहलका बिषयमा कुराकानी भएको बुझिएको छ ।

पुर्व राजाले पोखराका धार्मिक स्थलहरुको पनि भ्रमण गरेका छन् । उनले शनिबार पोखराको बिन्ध्यवासीनी मन्दिरमा पुजा अर्चना गरे । उनको समर्थक, बुद्ध धर्मका मानिस पनि हिन्दु राज्यको माग गरे । पूर्व राजा हेर्नका लागी मन्दिर परिसर पुगेकाहरुको ठूलो भीड थियो । ठूलो भीडका बाबाजुत अग्ला र बलिया मनिसहरुले मात्र पूर्व राजाको दर्शन गर्न भ्याए भने अरुले टाढैबाट हेरेर चित्त बुझाए । मन्दीरको दर्शन पछि राजा आफैले गाडी चलाएर निस्कीएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.