समृद्ध समाज निर्माण गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण : जिल्ला न्यायाधीश पण्डित

घनश्याम गौतम गल्कोट २०७५ पुस ८ । बागलृुङ जिल्ला अदालतका न्यायाधीश प्रकाश पण्डितले समृद्ध समाज निर्माण गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

गल्कोट नगरपालिकाको आयोजनामा गल्कोटमा सञ्चालित मेलमिलाप गरौ बिबाद नबढाऔ, व्दन्द रोकौ भन्ने उद्देश्यका साथ न्यायिक समितीको क्षमता बिकास तथा मेलमिलाप सम्बन्धित तालिमको छैटौँ दिनका अवसरमा बोल्दै शनिबार न्यायाधीश पण्डितले यस्तो बताएका हुन् ।

अन्तरक्रियामा जिल्ला न्यायाधीश पण्डितले समाजमा हुने सामाजिक समस्या, समस्याको प्रकृति, मेलमलिाप गर्न पाउने सीमाक्षेत्रहरु, मेलमिलापकर्ताका जिम्मेबारी, कानुनी ब्यबस्था लगायतको बारेमा सहजिकरण गरेका थिए । न्यायाधीश पण्डितले समाजमा हुने अधिकांश समस्याको समाधान मेलमिलापको बाटोबाट समाधान गनुपर्ने बताए ।
तालिममा अधिबक्ता ममतादेवी शर्माले सहजिकरण गरेकी थिईन ।

पुस २ गते देखी गल्कोट नगरपालिका बडा नम्बर ३ को महिला जागरण केन्द्रको सभाहलमा सञ्चालन भएको तालिम पुस ९ गते समापन हुने बताइएको छ ।

कार्यक्रममा नगरपालिका भित्रका ११ वडाकै जनप्रतिनिधि, बडाले सिफारिस गरेका हरेक बडा बाट ३ जना, राजनैतिक दलका प्रतिनिधि, नेतृत्वकर्ता गरि करिब ६० जनाको सहभागिता रहेका नगर उपप्रमुख तथा न्यायिक समिति सयोजक रेनुका काउचा मगरले ईबागलुङलाई बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.