सामाजिक र सांस्कृतिक रुपमान्तरणका लागि जातिय संघ संस्थाको भूमिका अहम – उपमेयर लिला राना

बागलुङ, ३०७५ पुस ८ । नेपाल मगर संघ बागलुङले जिल्लाका स्थानीय तहहरुमा आफ्नो संगठन विस्तार अभियानलाई तिब्र बनाएको छ । अभियान अन्तर्गत शनिबार जिल्लाको जैमिनी नगरपालिकामा तिलक थापाको अध्यक्षतामा मगर संघ जैमिनी शाखाको गठन गरिएको हो । समितिको उपाध्यक्षमा धमेन्द्र पुन, सचिवमा चन्द्र थापा र कोषाध्यक्षमा कुशुम थापा रहेका छन् ।

कार्यक्रम उद्घाटन गर्दै जैमिनी नगरपालिकाका उपमेयर लिला रानाले सामाजिक र सांस्कृतिक रुपमान्तरणका लागि जातिय संघ संस्थाले भूमिका खेल्नुपर्ने बताए
‘नेपालमा राजनीतिक रुपान्तरण त भयो तर सांस्कृतिक र सामाजिक रुपान्तरण अझै पनि भएको छैन,’ उनले भने,‘ विगतमा पछि पारिएको समुदायको मूल धारमा समाहिकरण गर्ने प्रक्रिया अझै पूर्ण हुन सकेको छैन । यसका लागि जातिय संघ संस्थाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।

नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ठगबहादुर थापा र सञ्चालन श्यामबहादुर पुनले गरेका थिए ।

यसैबीच नेपाल मगर संघको गाउँपालिकास्तरीय प्रथम भेला काठेखोला गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल मगर संघ जिलला समिति बागलुङका अध्यक्ष गणेश थापाले मगर समुदायले आफ्नो कला संस्कृतिको संरक्षणसंगै आफ्नो अधिकारको बारेमा पनि सचेत रहन जरुरी रहेको बताए ।

भेलाले मोमबहादुर रोकाको अध्यक्षतामा १७ सदस्यीय गाउँपालिका स्तरिय तदर्थ समिति गठन गरेको छ । समितिको सचिवमा रन बहादुर थापा, कोषाध्यक्षमा ओमकुमारी पुन रहेका छन् ।

समितिको उपाध्यक्ष, सहसचिव र अन्य सदस्यहरु समितिको प्रथम बैठकले पदपुर्ति तथा मनोनित गर्ने भेलाले निणर्य गरेको छ । नेपाल मगर संघका जेष्ठ सदस्य कृष्ण बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको भेलाको संचालन श्याम बहादुर पुन मगरले गरेका थिए । भेलाले यहि पौष २७ र २८ गते बागलुङमा हुन लागेको गण्डकी प्रदेशको प्रथम अधिवेशनको लागि प्रतिनिधिहरु समेत छनौट गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *