आफैले काटी ढालेको उत्तिसको रुखले छातीमा लागी मृत्यु !

बागलुङ २०७५ पुस ७ । शनिवार करीब ५ बजेको समयमा काठेखोला गाउपालिका ६ मा ज्यालामजदूरी गरी बस्ने पर्वत जिल्ला मोदी गाउपालिका ७ रापु स्थायी घर भएका ४५ वर्षिय पूर्णबहादुर सार्कीको आफैले काटी ढालेको उत्तिस जातको रुखले छातीमा लागी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घटनाको सूचना प्राप्त हुँदा साथ काठेखोला गाउपालिका अक्षेती प्रहरी चौकी दोबिल्ला र जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक परशुराम मल्लको कामाण्डमा गएको प्रहरी टोली आवश्यक मुचुल्का अदि अनुसन्धान कार्य गरेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *