सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले यसै मार्फत उत्पादन र रोजगार बढाउन सांसद सापकोटाको आग्रह !

ईमेज सहकारीको चालु आर्थिक बर्षमा २९ करोड ८ लाख बढिको कारोबार

कोपिला कँडेल, बागलुङ २०७५ पुस ७ । प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटाले सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले सहकारी मार्फत उत्पादन र रोजगार बढाउनुपर्ने बताएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको छैठौँ साधारणसभाको उद्घाटन गर्दै सापकोटाले बेरोजगारलाई रोजगार प्रदान गर्न सहकारीले पछिल्लो समय ठुलो भुमिका निर्वाह गरेको बताए ।

उनले बचत तथा ऋण सम्बन्धि कारोबार गर्ने सहकारीहरु नाफामा रहेपनि उत्पादनशील क्षेत्रमा काम गर्ने सहकारीले नाफा कमाउन नसकेकाले हरेक व्यक्तिले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए । करोडौँको कारोबार गर्ने सहकारी मार्फत समाजमा सचेतनामुलक काम गर्नुपर्ने पनि उनको भनाई थियो ।

विकसित देशहरुले सहकारीको माध्यमबाट नै आर्थिक स्तर उकासेकाले बिकासोन्मुख देश नेपालमा यसको महत्व रहेको सापकोटाले बताए ।

साधारणसभाका अवसरमा सहकारीले २ दर्जनभन्दा बढी उत्कृष्ट बचतकर्ता, कर्मचारीहरुलाई सम्मान गरेको थियो ।

सहकारीले आर्थिक बर्ष २०७४÷७५ मा २९ करोड ८ लाख २ हजार ७ सय ८२ रूपैयाँको कारोबार गरेको सहकारीका अध्यक्ष देबकुमार नेपालीले जानकारी दिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस, पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, समाजसेवी देबबहादुर श्रेष्ठ, साहित्यकार काजी रोशन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सहकारीका अध्यक्ष देवकुमार नेपालीको अध्यक्षता, सल्लाहकार धनबहादुर परियारको स्वागत र पत्रकार योगेन्द्र विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

२०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा दिदै आएको सहकारीले बागलुङ जिल्लाको पश्चिम बुर्तिबाङ, हटिया र पोखरामा समेत सेवा दिदै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.