गल्कोट नगरपालिका- ९ मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सन्चालन !

गल्कोट २०७५ पुस ७ । गल्कोट नगरपालिका वडा नं ९ मा रहेका स्थानीय क्लबहरुबीच आज मैत्रीपूर्ण भलिबल खेल सन्चालन भएको छ ।

श्री खड्ग कालिका युवा क्लबको आयोजनामा युवा नेतृत्व तथा समावेशीमुलक कार्यक्रम अन्तरगत अन्तरवडास्तरीय भलिबल प्रतियोगिता सन्चालन गरिएको हो ।

वडा नं ९ भित्रका युवाहरु बीच खेलकुदको विकास गर्ने र समाजमा रचनात्मक कार्यहरुमा युवाहरुको सहभागिता बढाउने उद्देश्यका साथ मैत्रीपूर्ण खेल आयोजना गरिएको श्री खड्ग कालिका युवाक्लबका अध्यक्ष शिशिर मल्लेले ईबागलुङलाई जानकारी दिए ।

्एक दिने मैत्रीपूण खेलको प्रमुख आतिथ्यता वडा नं ९ का अध्यक्ष तेजबहादुर थापाको रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *