बागलुङको सम्मृद्धिको लागि कालीगण्डकीको तिरदेखी ढोरपाटनको शिर सम्म बिकास हुनु पर्छ – नगर प्रमुख नेपाली

कोपिला कंडेल, बागलुङ २०७५ पुस ७ । धौलागिरी संञ्चार क्लब बागलुङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देब कुमार नेपालीले गरिब र दलितको उत्थान बिना सम्मृद्धिको सपना पुरा नहुने बताएका छन् । नगरको बिकासको लागि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिईने उनको भनाई थियो ।

ढोरपाटन नगरपालिका जनसंख्याको हिसाबले केही सानो देखिएपनि भुगोलको हिसाबले ठुलो भएकाले काम गर्न चुनौती रहेको चर्चा गर्दै नगर प्रमुख नेपालीले नगरका जनताको साथ लिएर अगाडी बढ्ने बताए । नगरको बिकासका लागि बुर्तिबाङ क्षेत्रको सडक मर्मत तथा कालोपत्रे गर्ने कृषि क्षेत्र अन्तर्गत कोदो बालीलाई प्रबद्र्धन र बिकास गर्ने ढोरपाटन शिकार आरक्षको ब्यवस्थापन र बिकास गर्ने लगायतका तत्कालका योजना रहेका चर्चा गर्दै, नगर प्रमुख नेपालीले यस बाहेकका समस्याको समाधान गर्नका लागि स्थानिय संग समन्वय र छलफल गरेर नयां कार्यको थालनी गरिने बताए ।

उनंले केही समय अगाडी ढोरपाटनको नवी गाउंमा भएको आगलागी बाट क्षेतीग्रस्त ४८ घरपरिवार शौचालय सहितको एकिकृत बस्ती निर्माण गर्ने योजना रहेको जानकारी दिए । आगलागी पीडितलाई नगरपालिकाको तर्फबाट प्रतिपरिवार १ लाख र मेरो ब्याक्तिगत तर्फ बाट जस्तापाता सहयोगको घोषणा गरेको छु, नेपालीले भने, सबैको समन्वय र सहकार्यमा एकिकृत वस्ती निर्माण हुनेछ ।

नगरप्रमुख नेपालींले बुर्तिबाङलाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने, बसपार्क निर्माण ढोरपाटन शिकार आरक्षमा बिमान स्थल, चिडिया खाना निर्माण गर्ने लगायतको कार्ययोजना तयार गरी अगाडी बढ्ने योजना रहेको पनि बताए ।

उनंले जनताको माग र मुद्दालाई पुरा गर्नका लागि आफुले नगरबाट पाउने तलब भक्ता लगायतका कुनैपनि सुबिधा नलिएको उल्लेख गर्दै आफ्नो कार्यकाल भरी नगरको बिकास र त्यहांका स्थानियको हकहितको लागि सर्मपित हुने धारणा ब्यक्त गरे ।

नेपालीले बागलुङ जिल्लाको सम्मृद्धिको सपना पुरा गर्न कालीगण्डकीको तिरदेखी ढोरपाटनको शिर सम्म बिकास हुनुपर्नेमा जोड दिए ।

कार्यक्रम धौलागिरी सञ्चार क्लबका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता सदस्य प्रदिप पन्तको धन्यबाद मन्तब्य र कोपिला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *