ढोरपाटन र निसीखोलामा दुई पुल यसै आवमा निर्माण हुने, ४ पुलको सर्वे हुंदै – दोर्ण कुंवर

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ पुस ६ । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा गरी बिभिन्न ६ वटा आकाशे झलुङगे पुल बन्ने भएका छन् ।

दुई पुलको यसै आर्थिक बर्षमा काम सक्ने गरी टेन्डर खुल्ला भईसकेको र अन्य चार पुलको समेत यस आर्थिक बर्षभित्र सर्भे डिजाईन सक्ने गरी काम अगाडी बढेको बताईएको छ ।

नेपाली कांग्रेसका नेता युवा समाजसेवी दोर्णकुमार कुंवरको सक्रियतामा गत बर्ष सर्वे भएको ढोरपाटन ५ को अधिकारीचौर भुजीमावि –प्याङखोला जोड्ने २ सय ९१ मिटर लम्बाई रहने पुलको टेन्डर भएको छ । जसको लागत ३ करोड , ३० लाख, २२ हजार ८ सय ८० रहेको छ । उक्त पुल निर्माण सम्पन्न भएपछी साविक अधिकारीचौरका अधिकांश गाउँका बासिन्दालाई सहजता हुनुका साथै पर्यटकीय हिसाबले समेत महत्वपुर्ण मानिएको छ ।

त्यस्तै निसीखोला गाउँपालिका ३ बोहोरागाउँ स्थित स्वास्थ्य चौकी –जोगिथुम्का जोड्ने, १ सय २५ मिटर लम्बाई पुलको निर्माण कार्य समेत यसै आर्थिक बर्षमा सक्ने गरी डेन्डर खुलेको कुवँंरले बताए ।

त्यस्तै यस क्षेत्रमा रहेको बिभिन्न घाटमा अन्य ४ आकाशे झलुङगे पुलको निम्ती पहल गरेका कारण सर्वेका तयारी रहेको कुवंरको भनाई छ ।

ऋाफनो पार्टी सरकारमा नरहँदा बिभिन्न बिघ्न बाधाका बावजुत पनी दुई पुलको निर्माण तयारी भईरहँदा अन्य पुलसमेत सर्वे हुने र निर्माण सम्पन्न हुनेमा आफु आशाबादी रहेको बताउँदै जनताको माग र आवश्यकता अनुसार पर्यटकीय स्थल बनाउन र आवश्यताका दृष्टिकोणको हिसाबले यसै आर्थिक बर्षमा पुलको सर्वे हुने पनि बताए ।

स्थानिय चन्द्र कुमार गौतम लगाएतको अनुरोधमा ढोरपाटन ५ मा रहेको लाम्डाँडा –भैसिखर्क झलुङगे पुल, निसीखोला गाउँपालिका १ का अध्यक्ष ईन्द्रबहादुर मल्ल र टेकबहादुर पुनको अनुरोधनमा निसीखोला गाउँपालिका १ लेबाङ –हर्पे जोड्ने झलुङगे पुल, भविन्द्र बहादुर कुवंर लगाएतको अनुरोधमा निसीखोला २ कै घंग्रेनी–धुँवाखोर , मान बहादुर केसी भक्त लगाएतको अनुरोधमा निसीखोला २ मा पर्ने काफलठुट्टा–काल्नेचौर झलुङगे पुल, ढोरपाटनका स्थानिय रामप्रसाद रोका, केशब, थापा, गगन पुन लगाएत स्थानीय बासिको अनुरोधमा ढोरपाटन सिकार आरक्ष नजिकै पर्ने गरी ढोरपाटन उत्तरगंगा घाट पुल निर्माणका निम्ती मन्त्रालयमा आफुले दिएको दिवेदनका आधारमा स्विकृत संगै सर्वेका निम्ती आवस्यक तयारी भएको उनले बताए ।

त्यस्तै गल्कोट नगरपालिका प्रमुख भरत शर्मा गैरे, वडा अध्यक्ष हेमन्त भण्डारी लगाएतको अनुरोधमा गल्कोट दुदिलाभाटी–गौदीखोला पुलको निम्ती आवस्यक सर्वे हुने गरी काम भएको कुँवरको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.