ताराखोलामा सामाजिक बिकृती न्यूनीकरण अभियान शुरु : भौतिक बिकास भन्दा सामाजिक बिकास महत्त्वपूर्ण- प्रजिअ खरेल

पूर्णभद्र निउरे, ताराखोला २०७५ पुस ६ । ताराखोला गाउपलिकामा समाजिक बिकृती न्यूनीकरण तथा नियन्त्रण अभियानको आज उदघाटन गरिएको छ । कार्यक्रमको उदघाटन पछि बोल्दै प्रमुख जिल्लाअधिकारी बेद प्रसाद खरेलले ताराखोला गाउपालिकाले सामाजिक बिकृती नियन्त्रणका लागि थालेको अभियान प्रशंसनीय भएको बताउदै हरेक क्षेत्रको भौतिक बिकास भन्दा सामाजिक बिकास महत्त्वपूर्ण हुने भन्दै बिकृती न्यूनीकरण संगै आर्थिक बिकासमा लाग्न अनुरोध गरे।

ताराखोला गाउँपालिकामा सामाजिक बिकृती उन्मुलन गरौं भन्ने मुल नाराका साथ ताराखोला गाउँपालिकामा रहेका विभिन्न सामाजिक बिकृती र बिसंगति नियन्त्रण गर्ने उदेश्यले आज देखि अभियानको थालनी गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए।

समाजमा रहेका विभिन्न नकारात्मक पक्षहरु जाडरक्सी, जुवातास, भड्किलो र खर्चिलो सामाजिक व्यबहार, बालबिवाह, घरेलु हिंसा,असमानता र विभेद जस्ता कुराहरुलाइ स्थानीय स्तरका क्लब , बिद्यालय ,विभिन्न संजाल ,आमा समूह सहकार्य गरेर नियन्त्रण र न्यूनीकरण गरि सभ्य,आधुनिक र न्यायपुर्ण समाजको निर्माण गर्ने गरि गाउँपलिकाबाट रणनीति र कार्यबिधी तयार गरि अघि बढ्ने ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुसालले बताए ।

कार्यक्रममा सामाजिक बिकृती नियन्त्रण तथा न्यूनीकरण अभियानको बारेमा ताराखोला गाउपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत भुसालले अबधारणा पत्र प्रस्तुत गरेका थिए भने अबधारणा पत्र माथी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्त, ने क पा का धन बहादुर खत्री , नेपाली काङ्ग्रेसका डन्डपानी कडेल , राष्ट्रिय जनमोर्चाका तिर्थसिह थापा , जनप्रेम मा बि अ्मरभुमीका प्रधानाध्यापक नइन्द्र बहादुर गुरुङ, महिला संजाल वडा न १ की अध्यक्ष हिरादेबी पुन ,देशभक्ति जनगणतान्त्रीक मोर्चाका पूर्ण बहादुर गुरुङ लगायतले मन्तव्य सहित टिप्पणी गरेका थिए।

सोही अबसरमा जिल्ला प्रशासन कार्यालय बागलुङको तर्फबाट संविधान दिवसको अबसरमा देशै भरका जनप्रतिनिधि मध्यबाट राष्ट्रपतिबाट प्रदान गरिने सुप्रबल जनसेवा श्री पदक बाट सम्मानित भएको भन्दै गाउँपालिका अध्यक्ष प्रकाश घर्तीलाई सम्मान गरिएको थियो । त्यसै गरि बिकृती बिसङ्गती नियन्त्रणको अभियानको सुरुवात गरेको भन्दै जनप्रतिनिधि , राजनीतिक दलहरुका प्रतिनिधि र सामाजिक संघ सस्थाका प्रमुखलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रम ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता, उपाध्यक्ष दिल कुमारी पुन रोकाको स्वागत र वडा न १ का सचिब जित बहादुर सुनारको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.