बडीगाड युवा मन्चव्दारा युवाहरुलाइ आत्मनिर्भर बनाउने अभियानलाई तिब्रता !

दिनेश शर्मा बडीगाड, २०७५ पुस ६ । बडीगाड युवामन्चले बडीगाड गाउपालिका अन्तर्गतका युवाहरुलाइ आत्मनिर्भर बनाउने अभियानलाई तिब्रता दिएको छ।

अघिल्लो बर्ष गाउपालिका भित्रका १० ओटा वडाका १० जना युवा कृषकहरुलाइ १ लाख ४० हजारका दरले १४ लाख बितरण गरि लोकप्रिय कार्यक्रम ल्याएको भनी प्रशंसा बटुलेको युवामन्चले आज खर्बाङमा युवा उद्यमी कार्यक्रम अन्तर्गत ६ महिने टीभी, मोबाइल मर्मत तालिमको उद्घाटन गरिएको हो ।

बडीगाड युवामन्चका अध्यक्ष ढालेन्द्र शेरचनको अध्यक्षता बडीगाड गाउपालिका अध्यक्ष मेहरसिंह पाइजाको प्रमुख आतिथ्यता विभिन्न वडाका वडाअध्यक्ष्यहरु विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु विभिन्न संघ सस्थाका प्रतिनिधिहरु प्रशिक्षक र प्रशिक्षार्थीहरुको सहभागीता रहेको कार्यक्रममा गाउपालिका अध्यक्ष पाइजाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन।

कार्यक्रममा खर्बाङ स्वास्थ्य चौकीका प्रमुख राजिब कुमार सिङ ,पसुसेवा प्रमुख महेन्द्र पन्थी ,नेकपाका प्रतिनिधि लक्ष्मण बराल, नेपाली काङ्रेस का प्रतिनिधि होसियार सिङ थापा,रा ज मो का जिल्ला सचिब भिमलाल पोख्रेल वडा अध्यक्षयहरु बोम ब थापा १ ,अर्जुन खरेल ५, मौसम काजी क्षत्री ६,कृष्ण गुरुङ ७, कृष्ण खत्री ९, गाउपालिका अध्यक्ष मेहरसिङ पाइजा ले रुप ले रुवाउछ र सिपले खुवाउछ भन्दै यो कार्यक्रमले युवा शसक्तिकरण मा महत्वपुर्ण टेवा पुर्याउने बिश्वास ब्यक्त गरे ।

कार्यक्रम सस्थाका उपाध्यक्ष दिनेश शर्माको स्वागत मन्तब्य, कोषाध्यक्ष बेलु गिरिको जानकार मन्तब्य र मन्च की सचिब सुमित्रा घिमिरे खत्री को सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *