सुमन जि.सी, बागलुङ, २०७३ चैत १ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले सञ्चालन गरेको आफ्नो कार्यक्रम÷सेवा नयाँ बुहारी स्वागत अन्तर्गत मङ्गलवार संस्थाका शेयर सदस्य बा.न.पा. २ स्थीत हेमवहादुर खत्रीका सुपुत्र मिलन खत्रीको बा.न.पा. वडा नं. २ निवासी सारिका कुँवरसंग सम्पन्न भएको बैवाहिक कार्यक्रमका अवसरमा स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको टोलीले नयाँ बुहारी कुँवरलाई टीका, खादा र बधाई तथा शुभकामना पत्र सहित स्वागत गरेको हो । सोही अवसरमा नयाँ बुहारी के.सी र सुवेदीलाई संस्थाले शेयर सदस्य समेत प्रदान गरेको छ ।
संस्थाले जीवन आवास तथा सामाजिक सुरक्षा कोषको स्थापना गरी सोही कोष मार्फत सदस्यको घरमा हुने जन्म देखि मृत्यूसम्मका सबै सुख दुःखमा साथ र सहयोग गर्ने गरेको छ । महिला दिदीवहिनीहरुको सम्पती माथिको पहुँच वृद्धि र भविष्यमा संस्थामा बुहारी शेयर सदस्यहरुको एउटा छुट्टै सिस्र्टस क्लव गठन गर्ने परिकल्पनाका साथ यो सेवा सुरुवात गरिएको संस्थाले जानकारी दिएको छ ।