कालीगण्डकी करिडोर तल्लो सरंगीमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु !

बागलुङ २०७५ पुस ६ । बागलुङ नगरपालिका वडा नं १२ अमलाचौर तल्लो सरंगी कालीगण्डकी करिडोरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीबार साँझ ६.३० बजेको समयमा ना ७ त ११०५ को ट्याक्टर पल्टिएर चालक बागलुङ नगरपालिका ७ ढिकीचौरका २५ वर्षिय सुरेश विकको मृत्यु भएको प्रनानि धनबहादुर थापाले जानकारी दिए ।

घटनाको सूचना पाउँदा साथै इलाका प्रहरी कार्यालय नारायणस्थानबाट प्रनानि थापाको कमाण्डमा गएको प्रहरी टोलीले चालक विकलाई टयाक्टरको ईन्जिनले थिची राखेको अवस्थामा निजको उद्धार गरी थप उपचारका लागी धौलागिरी अन्चल अस्पतालमा पठाएकोमा अस्पतालले मृत घोषित गरेको थियो । मृतक विक ३ हप्ता पहिलेमात्र उक्त ट्याक्टर चलाउन थालेको ट्याक्टर मालिक छिस्तीका होमनाथ शर्माले बताए ।

यता मृतक बिकको घरमा करीब ठेड दुई वर्षको छोरा रहेको बुझिएको छ । निजकी श्रीमती एक वर्ष पहिले निधन भएकोले छोरालाई आफैले हेरचाह गर्दै आएका थिए । उनको दुर्घटनामा मृत्यु भएपछी नाबालक छोराको बिचल्ली भएको अस्पतालमा भेला भएका मृतकका आफन्तहरुले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *