जनप्रिय दुग्ध उत्पादक संहकारी संस्था बिहुँको साधारण सभा संम्पन !

भरत सापकोटा बागलुङ २०७५ पुस ५ । काठेखोला गाउपालिका वडा ५ बिहुँकोट वडार मा स्थापित जनप्रिय दुग्ध उत्पादक संहकारी संस्था लि ले आज आफ्नो ७औ बार्षिक साधारण सभा संम्पन्न गरेको छ। २०६७ सालमा स्थापित यस दुग्ध उत्पादक सहकारीले ५७ सेयर बाट सुरु गरिए पनि बसाईसराई र आफ्नो ईच्छयाले छाडेर हाल ४१सेयर सदस्य मा कायम रहेको जानकारी दिदै यसं संस्थाका सचिव धनबहादुर सापकोटाले बार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै सापकोटाले कुल आम्दानी ३० लाख १ हजार ३ सय ५ रहेको र कुल खर्च २९ लाख ७९ हजार ५ सय ३१ रहेको कुल बचत रु २१हजार ७ सय ७४ बचत रहेको जानकारी दिए ।

सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि दुग्ध उत्पादक संहकारी संस्था लि बागलुङका अध्यक्ष युक्त प्रसाद कडेंलले यो क्षत्र काठेखोलाकै उर्वर भुमि भएको र यहाँ कृषकहरु उर्जाशील रहेको बताउदै दुग्ध उत्पादन बाटै आफुलाई अब्बल बनाउन सकिने बताए । उनले हाल देशमा केहि पाउडर फ्याक्ट्रीहरु बन्द भएको र हेटौडा लगाएतका क्षेत्रको दुध संग प्रतिष्पर्धा गर्नु परेको साथै दुधको बजार केहि ओझेल परेपनि सधै यस्तै नरहने बताउदै किसानहरुलाई निरास नभई हौसियर अघि बढ्न सुझाव दिए। उनले आफुलाई यस संस्थाले दिने जिम्वेवारी समाल्ने र कृषकहरुलाई पनि आफुले दिन जिम्मेवारी बहन गर्न तत्पर रहन आग्रह गरे ।

हाल स्थानिय सरकार छ तर सरकारले उत्पादनमुलक क्षेत्र लगानी गर्ने भनिए पनि हालसम्म यस उत्पादक संहकारीलाई स्थानिय सरकारका प्रतिनिधिहरु कुनै रकम नछुट्याउनु दुस्खद बिषय रहेको बताउदै यस संस्थालाई युग अनुसार परिमार्जन गर्दै लैजानु पर्ने समेत उनको कथन थियो।

सो कार्यक्रममा बोनस रकम पनि वितरण गरिएको थियो। साथै गुणस्तर दुध ल्याउने रेगुलर दुध ल्याउने सबै भन्दा बढि दुध ल्याउने साथै ईमान्दार कृषकलाई पुरस्कार साथै सम्मान प्रदान गरिएको थियो।

सो कार्यक्रममा संध प्रतिनिधि ऋृषिराम कडेल कृषकको तर्फबाट भरत सापकोटा लगाएतले बोलेका थिए।

सो संस्थाको अध्यक्ष बालाकृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सेयर सदस्य राम प्रसाद कडेंलले गरेको कार्यक्रमको संचालन लेखा समितिका सचिव देबनारायण सापकोटाको रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.