कार्यालय प्रमुखहरुको बैठक सम्पन्न : कार्यालयबाट सेवाग्राहीलाई छिटो छरितो सेवा दिन निर्देशन !

बागलृुङ २०७५ पुस ५ । जिल्ला प्रशासन कार्यालय बागलुङमा आज कार्यालय पमुखहरुको नियमित बैठक सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न आजको बैठकमा कार्यालय प्रमुखहरुव्दारा मंसिर महिनामा भएको आआफ्नो कार्यालयको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सो अवसरमा प्रजिअ खरेलले कार्यालयबाट छिटो छरितो रुपमा सेवाग्राहीहरुलाई सेवा सुविधा प्रवाह गर्न निर्देशन दिँदै तहगत निकायहरुसंग समन्वय र सहकार्य गरी विकास निर्माण योजनाहरुको अनुगमन एवं कार्यान्वयनमा तिब्रता दिन समेत आग्रह गरेका थिए ।

बैठकमा कर्मचारी समायोजन सम्वन्धी अध्यादेश निजामती किताब खानामा पीआईए सिस्टममा गएकोले यसलाई अपडेट गर्ने निर्णय गरिएको बताईएको छ ।

सोहि बैठकमा केन्द्रस्तरबाट मानव अधिकार लगायत विभिन्न निकायहरुबाट प्राप्त हुने निर्देशनहरु कार्यान्वय गर्ने निर्णय भएको छ ।

आजको बैठकमा विभिन्न कार्यालयहरुमा नवागत कार्यालय प्रमुखहरु सडक डिभिजनका सिडिई नारायणदत्त भण्डारी, ढोरपाटन शिकार आरक्ष कार्यालयकी प्रमुख सरस्वती सापकोटा, जिल्ला आयोजना कार्यान्वयन ईकाईका रामाशेष शाह, कृषि ज्ञानकेन्द्रका प्रमुख लोकनाथ चपाईँ, .आन्तरिक राजश्वकाप्रमुख हेमराज सुवेदीलाई प्रजिअ खरेलले फुलमाला खादा ओडाई स्वागत गरेका थिए ।

बैठकले आगामी पुस ८ गते कार्यालय प्रमुखहरु र पत्रकार वीच अन्तरक्रिया कार्यक्रम राख्ने निर्णय गरेको सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए । कार्यक्रमको सन्चालन सूचना अधिकारी पन्तले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *