कीर्ते कागजको कसुरमा फरार अभियुक्त पक्राउ

पर्वत २०७५ पुस ५ । २०७५ कात्तिक १२ गतेको पर्वत जिल्ला अदालतको फैसला वमोजिम मुलुकी ऐन कीर्ते कागजको कसुरमा २ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी पर्वत कुश्मा नगरपालिका(४ वस्ने ३३ वर्षीया देवी खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । फरार खत्रीलाई प्रहरीले खोजी गर्ने क्रममा आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ खत्रीलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराईएकोमा अदालतको फैसलाबाट २ वर्ष ६ महिना कैद भुक्तानको लागी जिल्ला कारागार पर्वत कुश्मा चलान गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.