तिरुपति बालाजी धाम कुँडुलेमा कँडेल परिवारबाट सिसि क्यामरा हस्तान्तरण !

कोपिला कंडेल, बागलुङ २०७५ पुस ५ । काठेखोला गाउंपालिका ६ बिहु घर भै हाल बागलुङ बजार निवासी जयलाल कंडेलले श्री रंङ्ग बैकटेशमुक्तिनारायण मन्दिर मुक्तिनाथ बेदबिद्याश्रम तिरुपति बालाजी धाममा एक सिसि क्यामरा हस्तान्तरण गरेका छन् ।

सिसि क्यामरा अनन्त श्री बिभुषित श्रीमुक्तिनाथ पीठाधिश्वर स्वामी श्री कमलनयनाचार्य र मन्दिरका उत्तराधीकारी स्वामी ऋषिप्रपन्नाचार्यलाई कंडेलले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा स्वामी कमलनयनाचार्यले मन्दिरको ब्यवस्थापन र सुरक्षाका लागि कंडेल परिवारले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका थिए ।

त्यसैगरी स्वामी ऋषि प्रपन्नाचार्यले मन्दिरलाई धार्मिक पर्यटकीय गन्तब्य गराउनका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

सो अवसरमा कंडेल परिवारले मन्दिरमा अध्ययन गरिरहेका बटुकहरुका लागि दाल चामल लगायतका खाद्यान्न सामग्री समेत प्रदान गरेका छन् । बागलुङ बजार जिपपार्क नजिक जया कम्प्लेक्सका संचालन समेत गरेका कंडेलले मन्दिरको संरक्षण र ब्यवस्थापनका लागि आगामी दिनमा पनि यस्ताखाले सहयोग गर्दै जाने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *