गल्कोट- ३ हटियामा सम्पति तथा भूमि कर संकलन सुरु पहिलो दिन रु २ लाख ५४ हजार संकलन !

घनश्याम गोैतम २०७५ पुस ४ । गल्कोट नगरपालिका वडा नं ३ हटियामा आजबाट सम्पति तथा भुमि कर संकलनको घरदैलो अभियान सुरु गरिएको छ । सुशासनमा टेवा, घरदैलोमा सेवा बन्ने नेपाल सरकारको पुर्व नीति अनुरुप गल्कोट नगरपालिकाद्वारा सञ्चालित सम्पति तथा भूमिको कर संकलन कार्यलाई जनताकै घरदैलोमा शुभारम्भ गरिएको गल्कोट नगरपालिका वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले जनाकारी दिए । कर बुझाउन करदाताले आफनो घर जग्गाको लालपुर्जा, नागरिकता र त्यसको प्रतिलिपी सहित यस अगाडी बुझाएको करको रसिद लिई आउन सकिने वडा अध्यक्ष भण्डारीको भनाई थियो । बडा कार्यालयमा कर संकलन कार्य सञ्चालन गरिएको छ ।

आफनो घर जग्गाको सरकारलाई बुझाउनु पर्ने कर अन्तर्गतको यस अभियानको पहिलो दिन वडा नं ३ हटियामा स्थानियको उत्साहजनक सहभागिता रहेको थियो । आज वडा नं ३ का १ सय ४६ घरधुरीले सम्पति तथा भूमि कर तिरेका छन भने पहिलो दिन २ लाख ५४ हजार २ सय ८४ रुपैया राजश्व संकलन भएको वडा सचिव आनन्द प्रसाद शर्माले जानकारी दिए ।

पुस ७ गतेसम्म सञ्चालन हुने यस घरदैलो सेवा सहभागी भई कर बुझाएमा ५ प्रतिशत छुट रहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । कर संकलन अभियानको बडा अध्यक्ष वीरजंग भण्डारी र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णराज गौतमले संयुक्त रुपमा स्थानिय हरिलाल उपाध्यायलाई कर बुझाएको रसिद हस्तान्तरण गरि अभियानको शुभारम्भ गरेका थिए । बिहान १० बजेदेखि कर बुझाउन सकिने वडा कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.