गल्कोटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग : भ्रष्टाचार नियन्त्रण सम्वन्धी सचेतना !

घनश्याम गौतम, गल्कोट २०७५ पुस ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलय पोखराको आयोजनामा भष्ट्राचार नियन्त्रण सम्बन्धि सामुदायिक सचेतना कार्यक्रम बुधवार गल्कोट बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । कार्यक्रममा शिव माध्यमिक विद्यालय काडेवाँस स्रोत केन्द्रका स्रोत व्यक्ति दिनेश पन्त, गल्कोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद गौतम, गल्कोट माध्यमिक विद्यालयका प्रध्यानाध्यापक देवेन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराका उपसचिव पिताम्बर भण्डारी, शाखा अधिकृत निर्मल परियारले भष्टाचार भनेको के हो ? नेपालमा भष्टचारको अवस्था, कानुनी व्यवस्था, शिक्षा क्षेत्रमा भ्रष्टाचार हुनुका कारणहरु लगायतका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा गल्कोट नगरापालिकाका शिक्षा शाखा अधिकृत प्रकाश ओझा, गल्कोट माध्यमिक विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ समिति शिक्षक, विद्यार्थी, लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम गल्कोट माध्यमिक विद्यालयका विद्यालय व्यस्थापन समिति अध्यक्ष लाल बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *