दाङ्गमा हराएको डेढ लाख बढि रकम भेटाएर प्रहरीले सम्वन्धितलाई दियो !

प्रेम सुनार, बुटवल २०७५ पुस ४ । मोटर साईकलमा यात्रा गर्ने क्रममा एक जना सर्वसाधरणले झोला सहित हराएको डेढ लाख भन्दा बढि रकम दाङ्गको प्रहरीले भेटाएर सम्वन्धित सर्वसाधरणलाई दिएको छ ।

पुस २ गतेका दिन सल्यानबाट रा ४ प ८१११ नम्वरको मोटरसाईकल चढेर दाङ्गको तुल्सीपुर तर्फ आउँदै गरेका तुल्सीपुर उपमहानगरपालिका–३ का अम्मर सिंह केसी र पछाडी बसेकी उन भदैनी पर्ने तिला डाँगीले बाटैमा झोला खसाएर हराएका थिए ।

खोज तलासका लागि केसीले जिल्ल्ला प्रहरी कार्यालय दाङ्ग तुल्सीपुरलाई आग्रह गरे । जिल्ला प्रहरी प्रमुख एसपी वेल पाण्डे भन्छन –‘ हामीले प्रत्येक सवारी साधान खान तलास ग¥यौं , फलतः रा १ च १८१ नम्वरको पिकअप गाडी भित्र उक्त झोला फेला पा¥यौं । खोलेर हेर्दा १ लाख ६४ हजार १ सय ९१ रुपैयाँ सहित कागज पत्र भेटायौं र हिजो सुचना जारी गरी ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा केसीलाई बोलाई त्यहाँका ईञ्चार्ज डिएसपी प्रेम शाहीद्धारा हस्तान्तरण गराएका हौं । ’

त्यति ठुलो रकम र महत्वपुर्ण कागज पत्र समेत प्रहरीले भेटाएर दिएको प्रति केसी परिवारले प्रहरीको विश्वसनियता प्रति कृतज्ञता जाहेर गरेका छन ।

तस्वीर : उक्त रकम हस्तान्तरण गर्दै ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाही

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *