आजको तस्बीर : घाँसको झै रायो सागको भारी !

प्रेम सुनार, गुल्मी २०७५ पुस ३ । प्युठनका एक जना पत्रकारले घाँसको भारी बोके झैं पास्सी ( रायो साग ) को सागको भारी बोकेर हिडेको तस्वीर यति बेला सामाजिक सञ्जालमा भाईरल भएको छ । बुझ्दै जाँदा प्रशस्त रायोको ( पास्सीको ) साग फल्ने प्युठान जिल्लामा सागको भारी नै बोक्नु पर्ने गरी उत्पादन हुने गरेको झिम्रुक गाउँपालिका ५ ओखरकोटका समाज सेवी दलबहादुर जिसीले बताए ।

‘यस भेगका घर–घरमा पास्सीको साग प्रशस्त उत्पादन हुन्छ , किशानले अझै बजारिकण तर्फ त्यति ध्यान दिएका छैनन , केहिले भने तल मच्छी बजारमा लगेर बेच्ने गरेका छन ’–जिसीले भने–‘ यहाँको पास्सीको साग उत्पादनलाई ब्यबसायीकिकरण गर्न सके उत्पादनले अझै बढवा पाउने थियो ।’

सोही गाउँपालिका २ अर्खाका किशान अमरसिंह विटालुले आफुले भारी भरी साग लगाई राखेको तर फैलाई नसकेको बताए । उनले प्युठानमा दुई खालको पास्सीको साग हुने गरेको बताउँदै भने–‘ झुम्से भन्ने पास्सीको साग सामन्य हुँन्छ तर साधा पास्सीको सागको पातहरु मध्ये कतिपय त केराको पात जत्रै ठृुलो हुन्छ र घाँस कै भारीका रुपमा पनि बोक्नु पर्ने हुन्छ ।’

उनले बजारमा खासै बिक्रि गर्न नलगिने , प्राय प्रत्येक घर परिवारले सुकाएर राखी हिउँदभरीलाई तरकारी पुराउने गरेको बताए । सोही गाउँपालिका नारीकोटका पितबहादुर जिएमले सप्रेको छ भने एउटै पातले पाँच सात जनाको परिवारलाई तरकारी पुग्ने गरी पास्सेको साग नारीकोटमा फल्ने गरेको बताए । ‘यहाँ एकदम राम्रो फल्छ पास्सीको साग’– उनले भने –‘कतिपयले त बजारिकरण गर्न समेत सुृरु गरेका छन ।’

स्वर्गद्धारीमा फलेको पास्सीको सागको भारी बोकेर सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेका प्युठान स्थित नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष बिरुप्रसाद भण्डारी भन्छन –‘ प्युठानमा चौडापाते रायोको साग निकै फल्ने गर्दछ । म अँस्ती स्वर्गद्धारी जाँदा रहर लागेर उक्त सागको भारी बोकेको हुँ । प्युठाने रातो मुला पनि यहाँ सदियौं देखिको प्रशिद्ध साग हो । ’

प्युठनामा जस्तै गुल्मीको ईस्मा गाउँपालिका भित्र पनि त्यस्तै ठुला–ठुला पात भएको पास्सीको साग फल्ने गर्छ । त्यस गाउँपालिकाको रजस्थल , छापाहिले , अमरपुर , मालिका गाउँपालिकाको अर्जै र घमिरमा पनि मल्खातोमा लोभै लाग्ने गरी पास्सीको साग फलाईएको हुन्छ । बारीमा भन्दा गोडर सहितको मल्खातोमा फलाईएको पास्सीको साग बढि हरियो , मिठो हुने गरेको कृषकहरु बताउँ छन ।

गुल्मी स्थित जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख चक्रपाणी पन्थीका अनुसार गुल्मी सहित पश्चिम भेगमा पास्सीको साग भनिने गरे पनि देश भर रायोको साग भनेर चिनिन्छ ।पश्चिममा भने केस्रा फलेर तेल बन्ने सागालाई मात्र रायोको साग भन्ने गरिन्छ ।

पन्थी भन्छन–‘प्युठानमा रायोको साग निकै फल्छ , यता गुल्मीमा पनि राम्रै फल्छ । यहाँका कृषकहरुले बजारीकरण गरिरहेको भए पनि के कति मुल्य वरावरको फल्छ भनेर लोखा जोखा गरिएको छैन । अझै ब्यवसायीकिरण गर्ने हो भने रायोको साग उत्पादनका लागि गुल्मी र प्युठान उर्वरभुमी हो । ’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.