उता श्रीमान एअरपोर्ट ओर्लिनु, यता परपुरुष संग श्रीमती समातिनु एकै साथ !

प्रेम सुनार, गुल्मी २०७५ पुस ३ । गुल्मीको एक गाउँमा विदेशबाट श्रीमान विमान स्थलमा ओर्लिनु र यता घरमा श्रीमती परपुरुष बोलाएर गाउँवासीबाट घर मै समातिनु एकै साथ भएको छ ।

फेसबुकबाट लभ चक्कर चलाएका तनुहु जिल्ला व्यास नगरपालिका–१० का प्रकाशकुमार जिसी नाम थर बताउने वास्तविक थर भने बिश्वकर्मा रहेका प्रकाशले गुल्मी वलिथुमकी विदेश श्रीमान भएकी एक महिला समातिएका हुन ।

गत ६ महिना देखि फेसबुकबाट लभ चक्करमा फसाएकोे र भेट्न भनि आईतवार उनको घरमा आएको र भित्र पसेर अभत्र व्यवहार गर्न लागेको बेला स्थानिय युवाले समातेका थिए । गाउँवासीले निजलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको र निजलाई हिरासतमा लिई अदालतमा मुद्धा दायर गरिएको सो कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए ।

गाउँवासीले बिकलाई समातेर उनको मोवाईलमा रहेका फोन नम्वरहरुमा फोन गर्दा दर्जनौ महिलाहरुले उठाउने गरेको र आफुहरुलाई पनि लभ चक्करमा फेशवुक बाटै फसाउँदै आएको बताएको एक स्थानियले बताए ।

निजले महिलाहरु संग लभ चक्कर चलाउने र लाखौं रकम महिलाहरुबाट ठग्ने गरेको उनको फेशबुकबाट खुलेको वलिथुमका युवाहरु बताउँ छन । उनले धरान, झापा देखि विभिन्न जिल्लाका लाहुृरे र विदेश श्रीमान भएका महिला र युवतीहरु सहित पछिल्लो एक बर्ष मै १३ तोला सुन र ४ लाख रुपैयाँ हाता पारी सकेको समेत कब्जा गरिएको मोवाईलबाट खुलेको बताईएको छ ।

वलिथुमकी ती महिलाले आफुलाई अभद्र ब्यवहार गरेको भन्दै उजुरी गरे पछि पक्राउ परेका बिक विरुद्ध थप अनुसन्धान भई रहेको प्रहरी निरीक्षक खड्काले बताए । उनले प्रकाशकुमार जिसी नाम बताए पनि उनि बिश्वकर्मा रहेको खुलेको खड्काले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.