अविरल आँसुको तलाउमा छु म …

मर्नु न बाँच्नुको दाउमा छु म
पीडै पीडाहरुको घाउमा छु म

संसार आज हर्ष उल्लासमा हुँदा
अविरल आँसुको तलाउमा छु म

जिन्दगीले नि यति दोधारमा पार्यो कि
आज ओइलाउ कि पलाउमा छु म

आफ्नैले आफ्नो भन्दैनन पराई भन्छन
त्यसैले साइनो लाउकी नलाउमा छु म

अरुले भन्दा हुन मज्जाले बाँचेको छ
तर जिन्दगीलाई कसरी चलाउमा छु म

देवेन्द्र पुन विवश
तमानखोला
२०७५ पुस ३ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.