गैरेद्वारा कर संकलन अभियानको निरीक्षण : गनपा ७ मल्ममा दोस्रो दिनसम्म २ लाख ६२ हजार राजश्व संकलन !

थम्मन थापा, गल्कोट २०७५ पुस ३ । गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले वडा नं ७ मा सञ्चालित सम्पति तथा भूमि कर संकलन अभियानको निरिक्षण गरेका छन । निरिक्षणको क्रममा जनताको उत्साहजनक सहभागिताको रहेको नगरप्रमुख गैरेले जानकारी दिए । जनतालाई घरदैलोमा नै सेवा दिने उद्श्यले नगरपालिकाले घरदैलोमै अभियानको रुपमा सञ्चालन गरेको नगर प्रमुख गैरेको भनाई छ । कर संकलन अभियान गलकोट नगरपालिका वडा नं ७ मा आईतबारदेखि सुरु भएको छ ।

सुशासनमा टेवा, घरदैलोमा सेवा बन्ने नेपाल सरकारको पुर्व निति अनुरुप नगरपालिकाद्वारा सञ्चालित सम्पति तथा भूमिको कर संकलन कार्यलाई जनताकै घरदैलोमा शुभारम्भ गरिएको अभियानको दोस्रो दिनसम्म २ लाख ६१ हजार ७ सय २४ रुपैया राजश्व संकलन भएको वडा नं ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । कर बुझाउन करदाताले आफनो घर जग्गाको लालपुर्जा, नागरिकता र त्यसको प्रतिलिपी सहित यस अगाडी बुझाएको करको रसिद लिई आउन सकिने वडा अध्यक्ष थापाले जानकारी दिए । सामाजिक संस्था घुम्टे युवा परिवारको कार्यालय मल्म सप्ताहघाटमा कर संकलन कार्य सञ्चालन भईरहेको छ । आफनो घर जग्गाको सरकारलाई बुझाउनु पर्ने कर अन्तर्गतको यस अभियानको दोस्रो दिन पनि वडा नं ७ मल्ममा स्थानियको उत्साहजनक सहभागिता रहेको थियो । सोमबार गलकोट नगरपालिका वडा नं ७ का १ सय ८६ घरधुरीले सम्पति तथा भूमि कर तिरेका छन ।

पुस ३ गतेसम्म सञ्चालन हुने यस घरदैलो सेवा सहभागी भई कर बुझाएमा ५ प्रतिशत छुट रहेको वडा सचिव महेन्द्र पौडेलले जानकारी दिए । बिहान १० बजेदेखि कर बुझाउन सकिने वडा कार्यालयले जनाएको छ । सोमबार दोस्रो दिन कर बुझाउन छुटेकाहरुले मंगलबार आज समेत यो सेवा लिन सक्ने नगरपालिका कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *