सिवाईसी नेपालको प्रभावकारी उद्घोषण कला तथा समचार लेखन २ दिने तालिम सुरु !

सुमन जि.सी, बागलुङ २०७३ चैत ३ । चारतारे युवा क्लव सिवाईसी नेपालको आयोजनामा २ दिने प्रभावकारी उद्घोषण कला तथा समाचार लेखन तालिम सोमवारदेखी बागलुङ सदरमुकाममा सुरु भएको छ ।

संस्थाले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रममा कार्यरत शाखा प्रवन्धक तथा सिनीयर कर्मचारीहरुको उद्घोषण तथा लेखन कलाको क्षेत्रमा क्षमता तथा नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतीथि संस्थाका सल्लाहाकार समाजसेवी देववहादुर श्रेष्ठले संस्थाले गरेका गतिविधिहरुलाई आम समुदायमा पु¥याउनका लागि मिडियाको महत्वपूर्ण भूमिका हुने बताए ।

सोही क्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष एवं तालिम कार्यक्रमका प्रशिक्षक दिल शिरीषले सुचना र प्रविधिको यो युगमा संस्थाको संस्थागत विकास, उचाई र गरिमालाई उचो राख्नका लागि संस्थाका अभियान र कार्यक्रमहरुलाई मिडियासंग जोड्नुपर्ने धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सचिव विरवहादुर किसान र सञ्चालन प्रवन्धक संगिता शर्मा पौडेलले गरेकी थिईन ।

विभिन्न ६ जिल्लाका २० वटा कार्यालयका ३० जनाको उपस्थिती रहेको तालिममा उद्घोषक के हो ? उद्घोषण किन ? उद्घोषण राम्रो नभए के हुन्छ ? कार्यक्रमहरु क्सरी चलाउने ? उदघोषण गर्दा ध्यान दिनुपर्ने कुराहरु ? समाचार के हो ? समाचारको विषयवस्तु, समचारका प्रकार, समचार कसरी लेख्ने लगाएतका विषयहरुमा प्रशिक्षक शिरीषले प्रशिक्षण दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.