तित्याङ शिवालय मन्दिरकी पुजारी सीता कुँवरको डिलबाट लडेर मृत्यु !

बागलुङ २०७५ पुस २ । बागलुङ नगरपालिका–९ तित्याङको मनकामना मन्दिर भित्र बसी हात हेर्ने काम गर्दै आएकी एक महिलाको ऐ तित्याङ शिवालय मन्दिर नजिकको डिलबाट लडेर मृत्यु भएको छ । गल्कोट नगरपालिका स्थायी ठेगाना भएकी हाल पोखरा महनागरपालिका १० रामबजार बस्ने २७ बर्षिय सीता कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बालनरसिंह राणाले जानकारी दिए । उनी शिवालय मन्दिरमा पुजारीको रुपमा काम गर्दै आएकी थिईन् । मन्दिरको छेउमा कपडा उठाउने क्रममा अन्दाजी ५ बजेको समयमा झुक्किएर घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाको सूचना प्राप्त हुँदासाथ जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक परशुराम मल्लको कमाण्डमा खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतकको शवलाई धौलागिरी अन्चल अस्पतालमा राखिएको छ । मृतकका आफन्तहरु हाल सम्म कोहि पनि नआएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *