हिँडिरहेको बाटोमा पनि ठक्कर लाग्दो रहेछ !

पानी खोज्दा यहाँ हिउ भेटिन्छ
हिउले मनको प्यास कहाँ मेटिन्छ
कहिले चिसोले पोल्छ कहिले गर्मीले
प्रदेशीको मन त्यसै कहाँ रेटिन्छ !
***
समयले कोल्टे फेर्दा चक्कर लाग्दो रहेछ
सहज सोच्थे जिन्दगी अक्कर लाग्दो रहेछ
आधा बाटो हिडिसके आधा अझै बाकी नै छ
हिँडिरहेको बाटोमा पनि ठक्कर लाग्दो रहेछ !
***
सपनाको शहरमा रहरहरु टुटेका छन्
साहारा दिन्छु भन्नेहरुलेनै लुटेका छन्
हजार सपनाहरुको माया लागेर आउछन्
सपना देखाउनेहरुनै दोबाटोमा छुटेका छन !
***

झलक काउचा
बागलुङ
हाल: दक्षिण कोरिया ।
२०७५ पुस २ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *