कर्मचारी समायोजन अध्यादेश विरुद्ध कर्मचारीहरु विरोधमा : युनियन संघको सरकारलाई ध्यानाकर्षण !

बागलुङ २०७५ पुस २ । कर्मचारी समायोजन अध्यादेश २०७५ विरुद्ध विभिन्न संघ संगठनहरु आवद्ध कर्मचारीहरु आआफ्नै ढंगले विरोधमा उत्रिएका छन् । नेपाल निजामती कर्मचारी युनियन संघले पनि देशभरनै आफना माग सहित विरोधमा उत्रिएको छ । बागलुङमा पनि युनियन संघले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ध्यानकर्षण गराएको छ ।

संघका कार्यबहाक अध्यक्ष देवप्रकाश घिमिरेको नेतृत्व गएको टोलीले आफ्ना १२ बुँदे माग सहित बागलुङका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल मार्फत सरकारलाई ध्यानकर्षण गराएको हो ।

सरकारले जारी गरेको अध्यादेश कुनै कर्मचारीको हक हितका लागि उपयुक्त नभएको र यदी तत्काल सच्चाएर नगए कर्मचारीहरुले थप आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने कार्यबहाक अध्यक्ष देवप्रकाश घिमिरेले बताए ।

सरकारले कर्मचारीलाई पेलेरै समायोजनमा लैजान खोजिएको छ । घिमिरेले भने ‘यसरी पेल्न खोज्दा सरकारको काम कारबाहीमा असर पर्ने छ ।’ सरकारले सवै संघ संगठनसँग समन्वय गरेर छलफलका आधारमा अध्यादेश ल्याउनु पर्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी खरेलले पनि ध्यानकर्षण पत्र सम्बन्धित निकायमा पठाउनेका साथै जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे ।

त्यसै गरी स्थानिय तहका कर्मचारी पनि आफ्ना आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलनमा उत्रिएका छन । उनिहरुले सोमबार हरेक स्थानिय तहमा आफ्नो कामकाज नै ठप्प पारेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *