हटियामा खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि तालिम सुरु !

घनश्याम गौतम, गल्कोट २०७५ पुस १ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा वडा स्तरिय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि २ दिने तालिम वडा नं ३ हटियामा आजदेखि सूरु भएको छ ।

तालिमको आज पहिलो दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख केदार पौडेलले खाद्य स्वच्छता समुहको आवश्यकता, उद्धेश्यहरु, बजारमा उपलब्ध खाद्य वस्तुहरुको उत्पादन मितिी तथा समापन मिति, उत्पादनमा प्रयोग भएका बस्तुहरु, उद्योगको जनाकारी सहितको लेबल चेकजाँच गरेर मात्र खाने, हरेक उत्पादित बस्तुमा लेवल अनिवार्य राख्नुपर्ने, खाद्य स्वच्छता, खाद्य जोखिम, फुड प्वाइजनिङ, ७० डिग्रि सेल्सीयस भन्दा बढि तापक्रम रहेको खानेकुरा खाने योग्य हुने भएकोले तातो खानेकुरा खाने, बजार अनुगमन गर्ने अधिकार प्राप्त तह, अनुगमनले हुने खाद्य जोखिम न्युनिकरण लगाएतको विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वडा सदस्यहरु, खाद्य उद्योगीहरु, खाद्य व्यवसायीहरु (होलसेलर), उद्योग बाणिज्य सघ गलकोट ईकाईका प्रतिनिधी, खाद्य व्यवसायीहरु(किराना पसल), उपभोक्ता संघ, संगठनका प्रतिनिधिहरु सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *