बुर्तिवाङमा सन्चालित महोत्सवको आयव्यय सार्वजनिक : बोल रकम रु १ करोड ८६ लाख, उठन बाँकी १ करोड ४८ लाख !

उठेको नगद मध्य खर्च २९ लाख ५८ हजार कटाएर बैँक मौज्दात रु ८ लाख ५३ हजार !

छविलाल पाण्डे बुर्तिवाङ २०७५ पुस १ । निसीभुजी जनता क्याम्पसले गत मंसिर १५ देखि २१ गतेसम्म सञ्चालन गरेकोे बागल्ुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सबको आम्दानी खर्च आज सार्वजनिक गरिएको छ । क्याम्पस भवनमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस व्यवस्थापन समिति एवं शैक्षिक एवं धार्मिक महोत्सव मुल आयोजक समितिका अध्यक्ष चन्द्रलाल अर्यालले आयव्यय विवरण सार्वजनिक गर्दै कुल १ करोड ८५ लाख ९८ हजार २२ रुपैयाँ बराबरको आम्दानी भएको बताए ।

सुविधा सम्पन्न स्मार्ट क्याम्स सञ्चालानार्थ गरीएको महोत्सबबाट शिक्षाप्रेमी, समाजसेवी दाताहरुबाट मनग्य सहयोग प्राप्त भएको बताउँदै अध्यक्ष अर्यालले महोत्सवमा २९ लाख ५८ हजार ४ सय ७८ रुपैयाँ ४२ पैसा गरी बैंकमा बचत ८ लाख ५३ हजरा ७ सय १८ रुपैयाँ ५८ पैसा र उठ्न बांकि रकम १ करोड ४७ लाख ८५ हजार ८ सय २५ रुपैयाँ रहेको जानकारी दिए ।

उठ्न बांकि उठान गर्नका निम्ती क्याम्पस प्रमुख कृष्ण कान्त आर्चाय सहित पाँच सदस्य चन्दा उठान समिती गठन गरीएको र उक्त समितीले तत्कालै देखि उठ्न बांँकी
रकम उठाउने अभियान जुट्ने बताउँदै क्याम्पसको दिगो व्यवस्थापनका निम्ती बोलिएको उक्त रकमबाट केहि मात्रामा तत्कालका समस्या समाधान गरी बांकि अक्षय कोष सञ्चालन गरेर बचत गरी्िने अध्यक्ष अर्यालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सबमा आम्दानी तर्फ कलश बिक्रीबाट ६ लाख ९७ हजार ४ सय, यज्ञमण्डप भेटीबाट २० हजार ९ सय ५५, भूमिदानबाट प्राप्त हुने रकम ३९ लाख, तुलादानबाट प्राप्त २३ हजार ७ सय ५०, ढोरपाटन नगरपालिकाबा प्राप्त २० लाख, ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीबाट प्राप्त २१ लख ५ हजार, तमानखोला गाउँपालिका बाट दान ५ लाख वडा मार्फत ६ लाख गरी ११ लाख, निसीखोला गाउँपालिकाबाट ५ लाख, ७ वडाबाट ७ लाख गरी १२ लाख, ताराखोला गाउँपालिका बाट ३ लाख २५ हजार, वडीगाड गाउँपालिकाबाट ५ लाख ३ हजार ३ सय ३३, र अन्य दाताहरुबाट प्राप्त दान ६७ लाख २२ हजार ५ सय ८४ रुपैयाँ रहेको थियो ।

त्यस्तै खर्च तर्फ महोत्सबमा समन्वय गर्ने टिकाराज गिरीलाई भुक्तानी २० लाख, प्रचार प्रसार सवारी भाडा खर्च १ लाख ३५ हजार ३ सय १०, कलाकार तथा बाजा खर्च ५६ हजार, बिधुत, टेलिफोन महशु्ल ६९ हजार ८ सय ७०, कामदार ज्याला ७७ हजार ८ सय, खरिद निर्माण तथा फर्निचर खर्च ४२ हजार ८ सय २५, सचिवालय मर्मत १ लाख ३३ हजार ३ सय १४ रुपैयाँ ४२ पैसा, स्टेशनरी १८ हजार ८ सय ५, होटल खाना खर्च ७६ हजार ७ सय २०, र विविध सिर्षकमा ३ लाख ४७ हजार ८ सय ३४ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समिती अध्यक्ष चन्द्रलाल अर्याल, क्याम्पस प्रमुख कृष्ण कान्त आर्चाय, पुर्व क्याम्पस व्यवस्थापन समिती अध्यक्ष तुल्सिराम अर्याल, पत्रकार, उत्तरगँगा माविका प्रअ ईश्वरी प्रसाद पौडेल, महोत्सब मुल समारोह समिती महासचिब गोपाल महत, समाजसेवी चिन्तामणि सापकोटा लगाएतकोउपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *