स्थानिय तह पुनर्संरचनाको बिरोध: दिनको २ घण्टा पोखरा-बागलुङ राजमार्ग बन्द !

कविता घर्तीमगर, पोखरा २०७३ चैत १ । ढिकुरपोखरी गाविसका जनताले आफुहरु महानगरवासी हुन चाहेको बताएका छन् ।राज्यपुर्नसरचनाको खाका अनुसार गाविसवासीले सेवाग्रहण गर्दा अपायक पर्ने र थुपै्र झन्झट बेहोर्नुपर्ने भन्दै गाविसबासीले महानगरवासी बन्न चाहेको बताएका हुन् ।

हालको खाका अनुसार ढिकुरपोखरी गाविसलाई अन्नपुर्ण गाँउपालिकामा राखिएको छ । जसको केन्द्र साविक लुम्ले गाविस कार्यालय तोकिएको छ ।केन्द्र रहेको लुम्ले गाविसको साविक कार्यालय अधिकाशं गाविसबासीका लागि अपायक देखिएको भन्दै सोमवारदेखि ढिकुरपोखरीवासी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमवारदेखि नै पोखरा बागलुङ राजमार्ग बन्द गर्न थालेका छन् ।

जसअन्र्तगत सोमवार राजमार्गको नागडाँडा खण्डमा १ घण्टा चक्काजाम गरिएको थियो भने मंगलवार सोही स्थानमा मध्यान्न १२ बजेदेखि २ बजेसम्म २ घण्टा चक्काजाम गरिएको छ ।चक्काजामका कारण सयौं यात्रुहरु भने मर्कामा परेका छन् ।

यसैविषयमा सोमवार ढिकुरपोखरी गाविसको सर्वदलीय बैठक सम्पन्न भएको छ ।बैठकले गाविसलाई पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम गर्नुपर्ने एक सुत्रिय निर्णय गरेको नेकपा एमाले ढिकुरपोखरी गाँउ कमिटिका अध्यक्ष केदारनाथ अधिकारीले बताए । उनले ढिकुरपोखरीलाई पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम नभएसम्म संघर्षका कार्यक्रमहरु गर्दै जाने पनि बताएका छन् ।

गाविसबासी पुर्नसरचनाको खाकाले आफुहरुलाई ठुलो पीडा दिएको ठहर गर्दै सघर्षमा उत्रन थालेका छन् । उनीहरुले सघर्ष समिति नै गठन गरेका छन् ।समितिले यहि चैत ७ गतेसम्म दैनिक २ घण्टाका दरले पोखरा बागलुङ राजमार्ग बन्द गर्ने निर्णय गरेकोे संयोजक चुडामणी अधिकारीले बताए ।यति गर्दापनि मागको सुनुवाई नभए यहि चैत ८ गतेबाट अनिश्चितकालीन ढिकुरपोखरी बन्दको आयोजना गरिएको उनले बताए ।

उता गाविस कार्यालय सोमवारदेखि नै अनिश्चितकालीन रुपमा बन्द गरिएको छ । गाविसवासीले आफुहरुका जायज मागमा कुनै बहाना देखाई आलटाल एवं ढिलासुस्ती गरिए कडा सघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *