फोनिज कास्कीको पदस्थापन मंगलबार सम्पन्न !

कविता घर्तीमगर, पोखरा २०७३ चैत १ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्की (फोनिज )को नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ कास्की शाखाको गत माघ २६ गते सम्पन्न पाँचौ अधिबेशनबाट तीन बर्षे कार्यकालको लागी चयन भएको नया कार्यसमिती सदस्यहरुलाई प्रमाण पत्र बितरण गदै तमु धिँ नेपालकी केन्द्रिय अध्यक्ष कर्मा तमुले जिम्मेवारीले बिधिको पलना नगरेको आरोप लगाईन ।
केन्द्रिय अध्यक्ष तमुले अबका कार्य समितिलाई संस्थामा बिधि चलाउन आग्रह गरिन । जनजातीहरुको लुकेका र लुकाईएका तथ्यहरुलाई बाहिर ल्याउन अव जनजाती पत्रकारहरुको भुमिका महत्व रहेको बताइन ।

त्यस्तै कार्यक्रममा नवनिर्वाचित कार्य समितिलाई बधाई ज्ञापन गदै पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ संघ पत्रकार महासंघ सहकार्य गर्न तयार रहेको बताए ।

गत माघ २६ गते मान बहादुर घरर्तीमगरलाई अध्यक्षमा चयन गरिएको थिया भने उपाध्यक्षमा लिप्रसाद गुरुङ, सचिबमा भुपाल गुरुङ, सह सचिबमा बिनाकुमारी थापामगर, कोषध्यक्षमा उमा आलेमगर, सदस्य क्रमशः गिता रानामगर, दुर्गा रानामगर, सुशील श्रेष्ठ, छबि घर्तिमगर, रमेश गुरुङ, सोनिया लामा, सम्राट गुरुङ, सुशील ज्वारचन र केन्द्रिय पार्शदमा चयन भएका थिए ।

प्रादेशिक प्रतिनिधि क्रमश शिला गुरुङ, कञ्चन गुरुङ, सुक बहादुर घले चयन भएका थिए । प्रादेशिक पर्यवेक्षकमा क्रमश ः ईन्दिरा गुरुङ, सन्देश श्रेष्ठ चयन भएका छन् । केन्द्रिय प्रतिनिधिहरु राज बाहादुर गुरुङ, सरस्वती गुरुङ, हुम बाहादुर गुरुङ, रुद्रबहादुर थापामगर, खोम बाहादुर सारुमगर, शान्ति गुरुङ, रुद्रबहादुर श्रीसमगर, जीतबाहादुर गुरुङ, युगबाहादुर गुरुङ, मीनाकुमारी थापामगर, रोश्मी गुरुङ, चएन भएका छन भने केन्द्रिय पर्यवेक्षकमा ख्डकजंग गुरुङ लगायत चएन भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.