पत्रकार महासंघ गुल्मीको साधरण सभा सम्पन्न

प्रेम सुनार, गुल्मी २०७५ मंसिर २९ । नेपाल पत्रकार महासंघ गुल्मीको ८ औं साधरण सभा सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । साधरण सभाले महासंघका सचिवद्धार प्रस्तुत कार्यप्रगति र कोषाध्यक्षको आधिक प्रतिवेदन केहि संशोधनको सुझाव सहित पारिद गरेको छ ।

सचिव टोपलाल आर्यालको आफन्तजनमा एक घटना घटेका कारण अनुपस्थित भएकोले उनले तयार पारेको प्रतिवेदन सह सचिव नारायण प्रभात मरासीनीले प्रस्तुत गरि दिएका थिए । कोषाध्यक्ष तेजेन्द्रकुमार श्रेष्ठको आर्धिक प्रतिवेदन उनि आफैले प्रस्तुत गरेका थिए । साधरण सभाको उद्घाटन पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा संस्थापक पत्रकारहरु भुवन अर्याल , हिरा एसी, केन्द्रिय सभासद कमल पौड्याल , प्रदेश सभासदहरु अर्जुन भण्डारी, संजिवनी अर्याल , गणेश सारु लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

साधरण सभाले विभिन्न निर्णयहरु गरेको छ । पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अनिल खत्रीको सञ्चालन र सहसचिव नारायणप्रभात मरासीनीको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.