कुम्बिर बिश्जकर्मा २०७३ चैत १ । निसीखोला गाउँपालिकाको बोहरागाउँ झिवाखोलाको रंगित युवा क्लबले आफ्नो दसौँ बार्षिकोत्सव तथा फागु पुर्णिामा होलीको अबसरमा आयोजना गरेको विबिध खेलकुद तथा सास्कृतिक कार्यक्रम आजपनि जारी रहेको छ ।
आज आयोजित क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा राइजिङ युवा क्लब बुर्तिबाङ र वातावरण संरक्षण मन्च बोहरागाउ वीचको खेलेमा राइजिङ युवा क्लब विजयी भएर फाइनलमा प्रबेश गरेको छ। सनराइज युवा क्लब जुग्जा खोला र ह्याप्पी योङ्ग हर्ट युवा क्लब हर्पे बीचको खेलेमा सनराईज युवा क्लब विजयी भएर फाइनलमा प्रबेश गरेको छ। त्यस्तै आज भएको रंगिन आइडल डान्स प्रतियोगितामा ११ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो। आजै समुह डान्स प्रतियोगिता पनि भएको छ जसमा ३ समुह्को सहभागिता रहेको थियो।
आज भएको आइडल र समुह डान्स प्रतियोगिताको नतिजा भने भोलि प्रकाशन हुने बताइएको छ।
पुरुष भलिबल अन्तर्गत तृतीय स्थान छनोट गर्नको लागि वातावरण संरक्षण मन्च बोहरागाउ र ह्याप्पी योङ हट युवा क्लब हर्पे बिच खेल हुने र फाइनल पुरुष भलिबल खेल र ,मायालु भाकामा लोकडोहरी भोलि १० बजे देखि प्रारम्भ हुने क्लबले जनाएको छ।