आजको तस्वीर : बिद्यामन्दिरमा गीत, गजल, कविता वाचन तथा नृत्य प्रतियोगिता !

कुसुम थिङ/ज्योति थापामगर, बागलुङ २०७५ मंसिर २९ । बिद्यामन्दिर माध्यमिक बिद्यालयमा शुक्रबार अतिरिक्त कृयाकलाप अन्तरगत गीत, गजल, कविता वाचन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा बिद्यामन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा ६ देखी कक्षा १२ सम्मका छात्र छात्राहरुको सहभागिता रहेको थियो ।

लामो समय पश्चात यसप्रकारको अतिरिक्त कृयाकलाप कार्यक्रम गरिएको अनुभव बिद्यार्थीहरुले सुनाए । शुक्रबारको कार्यक्रममा व्यापक बिद्यार्थी सहभागिता रहेको थियो ।

बिद्यामन्दिर माध्यमिक बिद्यालयका प्राचार्य जगन्नाथ आचार्यले समय समयमा यस्ता अतिरिक्त कृयाकलापहरु हुने गरेको बताउदै शुक्रबारको कार्यक्रम विशेष रहेको जानकारी दिए । कक्षा ६ देखी कक्षा १२ सम्मका छात्र छात्राहरुको उत्साहवर्धक सहभागिताले बिद्यार्थीहरुमा आपसी सद्भाव बढ्ने प्राचार्य आचार्यको विश्वास थियो ।

तस्बीर/भीडीयो : धनमायाँ रोकामगर, बिद्यामन्दिर माबि, कक्षा १० ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *