हिरक महोत्सवले जुटायो ७० लाख भन्दा बढिको आर्थिक सहयोग !

कौरव खत्री, गुल्मी २०७५ मंसिर २९ । गुल्मीको सत्यवती गाँउपालिका वडा नं. ४ लिम्घामा रहेको सरस्वती माध्यमिक विद्यालयको लागि विभिन्न व्यक्तिहरुबाट महोत्सवको सातौ दिनसम्म कुल ७३ लाख सहयोग भएको महोत्सवका प्रचार प्रसार संयोजक प्रकाश भटट्राईले जानकारी दिए ।

विद्यालयले ६० बर्षमा प्रवेश गरेको अवसरमा गत मंसिर २४ देखि विद्यालयमा श्री सरस्वति माध्यमिक विद्यालयको सर्वाङ्गीण विकासार्थ श्री सरस्वती धार्मिक तथा शैक्षिक एतिहासिक हिरक महोत्सव २०७५ भन्ने मुल नारा सहित सञ्चालन भइरहेको महोत्सव भोलिसम्म सञ्चालन हुने विद्यालयले हिरक महोत्सवका प्रचार प्रसार संयोजक भटट्राईले बताए ।

विद्यालयलाई सर्वाङ्गीण विकासार्थको लागि र शैक्षिक गुणस्तर कायम गराउने उद्देश्य अनुरुप हिरक महोत्सव सञ्चालन भइरहेको छ भने श्रीमद्भागवत ज्ञान महायज्ञको बाल योगेश्वर महाराजको प्रमुख बाचन रहेको छ । महोत्सव मार्फत १ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको विद्यालय श्रोतले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.