बिहुँ घोँडाबाँधेमा घाईते अवस्थामा फेला परेको हरिण उपचारका लागी बागलुङमा !

भरतप्रसाद सापकोटा, बिहुँ बागलुङ २०७५ मंसिर २९ । काठेखोला गाउपालिका बिहुँ-५ बिहुँ घोँडाबाँधेमा एउटा हरिण (राते) घाईते अवस्थामा भेट्रिटएको छ । बिहुँ घोँडाबाँधे स्थित अर्जुनवाण गणको गस्तीटोलीले घाईते अवस्थामा हरिण (राते) भेट्टाएपछी सोही वडाका वडासदस्य भूमिश्वर कँडेललाई जानकारी गराएको श्रोतले बतायो ।

वडा सदस्य कँडेलले रेन्जर हरि गौतमलाई खबर गरी घाईते अवस्थामा रहेको हरिण (राते) लाई उपचारको लागी बागलुङ बन डिभिजन कार्यालयमा पठाएको बुझिएको छ ।
कुनै शिकारीले हरिणलाई घाईते बनाएको स्थानीयले अनुमान गरेका छन् ।

केहि दिन पहिले गल्कोट हटिया बजारमा घोरलको पाठो फेला परेको थियो भने त्यस्लाई सोही ठाउँको जंगलमा लगेर छोडिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *