निजी बिद्यालयले गरेका राम्रा कामहरुको सामुदायिक विद्यालयले अनुशरण गर्नु आवश्यक- नगर प्रमुख पौडेल

बागलुङ, २०७५ मंसिर २९ । हिमालयन आवासिय माध्यामिक बिद्यालयको २७ औँ बार्षिकोत्सव तथा अविभावक दिवस सम्पन्न भएको छ । जैमिनी नगरपालिका १ कुश्मिसेरामा अवस्थित हिमालयन बोर्डिङ स्कुलको शुक्रबार भएको मुल समारोहमा बिद्यालयका अध्यक्ष भक्त बहादुर बहिकको अध्यक्षता, जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलको प्रमुृख आतिथ्यता रहेको थियो भने, उप प्रमुख लिला राना, प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, शिक्षा उप सचिव खेम आचार्य, शुभेक्षा एफ एम कुश्मिसेराका स्टेसन म्यानेजर सन्ध्या आचार्य, बिभिन्न राजनितीक दलका प्रमुख एवम् प्रतिनिधी, लगाएत अविभावक हरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख इन्द्रराज पौडेलले निजी बिद्यालयले गरेका राम्रा कामहरुको सामुदायिक विद्यालयले समेत अनुशरण गर्नुपर्ने बताउँदै, निजी बिद्यालयको प्रयास राम्रो भएको धारणा राखे । ३ दिनसम्म मनाइएको बार्षिकोत्सवमा शुक्रबार मुल समारोहका दिन बिद्यालयको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमको अवसरमा, पुरस्कार वितरण, बिद्यालयमा उल्लेख्य योगदान गर्ने व्यक्तीत्व, शिक्षक लगाएतलाइ सम्मान समेत गरिएको थियो । बार्षिकोत्सवको अवसरमा बिभिन्न खेलकुद तथा प्रतियोगितात्मक कार्यक्रमहरु भएको थियाे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *