बन्द भयो १० दिनका लागि इन्द्रगौडा–छल्दी अनतर्गतको सडकखण्ड

कौरव खत्री, गुल्मी २०७५ मंसिर २८ । गुल्मीको मुसिकोट नगरपालिका ५ को इन्द्रगौडा देखी छल्दी सम्मको सडकखण्डको बिचमा पर्ने भिरको मोटरबाटो कटिङ गर्नुपर्ने भएकोले १० दिनका लागि सडक पूर्ण रुपमा बन्द गरिने भएको छ ।

आज देखि अर्थात शुक्रवारबाटै आउँदो पौष ८ गतेसम्मका लागि मोटरवाटो पूर्ण रुपमा बन्द गरेर काम गर्नुपर्ने भएको मुसिकोट नगरपालिका ४ का वडाअध्यक्ष ओम बहादुर खत्रीले जानकारी दिए ।

अध्यक्ष खत्रीले भने दोभानबाट भग्लाङ् सम्मको झण्डै २ किलोमिटर सडक अन्तर्गत पर्ने मोटरवाटोको भिरलाई कटिङ गर्नुपर्ने भएकोले सडक पूर्ण रुपमा बन्द गर्नुपर्ने भएको बताए ।

साथै यात्रुहरुको सहजताका लागि दोभान–जेंगा हुँदै हाडहाडे सडक र भग्लाङबाट जेंगा हलोगाडे हुँदै झेदी–राक्सेको सडक भएर पनि वैकल्पिक मार्ग भएर सवारी साधनहरुलाई आवत जावत गर्न आग्रह गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *