शहीद दिवसको अवसरमा हटियामा कराते प्रतियोगिताको आयोजना !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ पुस २१ । गल्कोटको हटियामा कराते प्रतियोगिता हुने भएको छ । जिल्ला कराते संद्य बागलुङको आयोजनामा शहिद दिवसको अवसर पारि आगामि माघ १५ र १६ गते दुई दिवसीय कार्यक्रम सहित कराते प्रतियोगिता सञ्चालन गरिने भएको हो ।

गल्कोट क्षेत्रमा भएका युवाहरुलाई लक्षित गरि कार्यक्रम सञ्चालन गर्न लागिएको युवा सञ्जाल हटियाका अध्यक्ष वीरजङ् भण्डारीले ईबागलुङलाइै बताए ।
यस प्रतियोगिताले युवाहरुलाई कराते खेलतर्फ प्रोत्साहन गर्ने बिश्वास लिएको नेपाल कराते संघका धौलागिरी प्रशिक्षक धनदास महर्जनको भनाई छ ।

पछिल्लो समय गल्कोटका धेरैजसो निजी बिद्यालयमा बिद्यार्थीहरुलाई कराते खेल सम्बन्धि जानकारी सँगै प्रशिक्षण दिन थालिएको छ । कराते खेलमा आफनो बिद्यालयका बिद्यार्थीहरुले जिल्ला सँगै क्षेत्रस्तरिय खेलमा समेत राम्रो स्थान पाउदै आएकोे गोल्डेन प्युचर आवसीय माद्यमिक बिद्यालयका प्रिन्सिपल चुडामणि शर्माले बताए ।

गल्कोटमा सञ्चालन गरिने प्रतियोगितामा बजेतालाई जिल्ला, क्षेत्र स्तरिय खेलमा सहयोग पुग्ने आयोजकको विश्वास छ । गल्कोट हटियाका राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको बैठकले यस्तो निर्णय गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *