समाचार प्रभाव : बागलुङ नगरपालिका कार्यालय, ‘नगरकोट’ रातामाटाबाट माझकोट बजारमा स्थानान्तरण !

बागलुङ २०७५ मंसिर २७ । बागलुङ नगरपालिकाको कार्यालय सदरमुकाम बागलुङ बजारमा स्थानान्तरण गरिनु पर्ने माग गर्दै आएका नगरबासीको मागलाई नगरपालिकाले सुनेको छ । नगरपालिका कार्यालय बिल्कुलै अपायक स्थानमा भएकोमा नगरबासीले तीब्र बिरोध गर्दै आएको विषयलाई लिएर ईबागलुङ डटकमले बारम्बार नगरपालिकाको ध्यानाकर्षण गराउदै आएको थियो । पछिल्लो समय जनप्रतिनिधी र कर्मचारीहरु नै नगरपालिका कार्यालय रातामाटा पाखामा कम उपस्थित हुने गरेका र सेवाग्राहीहरु मर्कामा परेका थिए । हिंजो मंसिर २६ गते पनि ईबागलुङ डटकमले ‘नगरकोट’को रुपमा रहेको कार्यालयबाट नगरवासीलाई सास्ती ! अबिलम्व बजारमा स्थानन्तरण गर्न माग ! शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

अबोप्रान्त नगरपालिकाको मुख्य कार्यालय बागलुङ बजार बानपा वडा नं २ माझकोट स्थित साबिक जिल्ला कृषि विकास कार्यालयको भवनबाट सन्चालन हुने भएपछी नगरपालिका नगरकोट बाट माझकोटमा आयो भन्दै प्रशन्नता व्यक्त गरिरहेका छन् । सदरमुकाममा खाली रहेका अन्य सरकारी निकायहरुबाट समेत नगरपालिकाले सेवाप्रवाह गर्ने बताएको छ ।
सम्वन्धित लिंक
कहाँ छन हाकिम ? रातामाटाको पाखामा कि समीक्षालयको कोठामा !

आजको तस्वीर : खाली बागलुङ नगरपालिका, जनता मारमा !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *