आदर्श सञ्चार सहकारीको स्थापना दिवस : फरक क्षमता भएका व्यक्तिलाई गरिने सहयोग सबैभन्दा उत्तम-पौडेल

बागलुङ २०७५ मंसिर २७ । बागलुङ विशेष बाल कक्षा आधारभुत विद्यालय बागलुङ नगरपालिका–४ उपल्लाचौरका सुस्तःमनस्थिति विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ ।

जिल्लामा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १३ औं स्थापना दिवसको अवसरमा सहकारीले न्यानो कपडा वितरण गरेको जनाइएको छ । कार्यक्रममा न्यानो कपडा वितरण गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले फरक क्षमता भएका व्यक्तिहरुलाई गरिने सहयोग सबैभन्दा उत्तम रहेको बताए ।
सहकारी संस्थाको तर्फवाट बाल कक्षाका ३५ विद्यार्थीलाई स्वीटर तथा बागलुङ घर भई काठमाण्डौ बस्दै आएका समाजसेवी पुष्पमान श्रेष्ठको पहलमा संकलित रकमवाट २३ जना विद्यार्थीहरुलाई तन्ना, ब्लाङ्केट र सिरानी गरी ६० हजार रकम वराबरका न्यानो कपडा हस्तान्तरण गरिएको थियो ।

‘न्यानो कपडाले जाडोमा विद्यालयमा अध्ययनरत सुस्तःमनस्थिति विद्यार्थीहरुलाई निकै सुविधा पुग्नेछ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले भने ‘सरकारको सीमित लगानी रहेको विद्यालयमा सहयोगदाताहरु वाट आउने विभिन्न सहयोगबाट चलिरहेको छ ।’

विपन्न समुदायका सुस्तःमनस्थिति विद्यार्थीहरुले अध्ययन गरिरहेका विद्यालयमा अध्यनरत विद्यार्थीहरु न्यानो कपाडा पाउदा खुसी भएका छन् । विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीहरु मध्ये २३ जनालाई आवसीय सेवा उपलव्ध गराईएको विद्यालयका प्रधानध्यापक युक्तजंग राजभण्डारीले बताए । सोही कार्यक्रममा विद्यालयलाई आदर्श सञ्चार सहकारीका शेयर सदस्य रतन मलेपतीले रु.३ हजार नगद, शेयर सदस्य सुवास शर्माले रु.३ हजार बराबरको खाद्य सामाग्री र शेयर सदस्य महेन्द्र शाहले रु ३ हजार वरावरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको सहकारीले जनाएको छ ।

त्यस्तै कार्यक्रममा साल्ट टे«डिङ करपोरेशन बागलुङका प्रमुख मनोज श्रेष्ठले विद्यालयलाई आयोनुन हस्तान्तरण गरेका थिए । विद्यालयमा ४ वटा सरकारी दरवन्दी र २ जना अस्थायी करारमा नियुक्ती गरि सुस्तमःमनस्थिति विदार्थीलाई पठन पाठन गराउदै आएको छ ।

सूचना र सञ्चार अन्तर्गत धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन गर्दै आइरहेको आदर्श सञ्चार सहकारीले वित्तीय, सञ्चार र सहकारी सम्बन्धी विभिन्न कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । संस्थामा १ हजार ३ सय जना शेयर सदस्य, ३ करोड शेयर रकम, १२ करोड निक्षेप, १४ करोड कर्जा लगानी रहेको संस्थाका सह–सम्पादक सिर्जना पन्तले बताईन् ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुको अध्यक्षता, सचिव ललिता थापाको स्वागत, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठको धन्यवाद मन्तव्य र संस्थाका सह–सम्पादक सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *