दु:खद खबर : प्रदेश सभासद टेकबहादुर घर्तीमगरको उपचारका क्रममा दिल्लीमा निधन !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ मंसिर २७ । गण्डकी प्रदेश समासद टेकबहादुर घर्तीमगरको उपचारको क्रममा भारतको दिल्ली स्थित एपोलो अस्पतालमा निधन भएको छ । कलेजो सम्वन्धी रोगको उपचारार्थ उनलाई गत मंसिर २५ गते एयर एम्बुलेन्सबाट दिल्ली लगिएको थियो । उनको बिगत १८ दिन देखी काठमाडौँ स्थित ग्राण्डी ईन्टरनेशनल अस्पतालमा आईसीयूमा सघन उपचार भएकोमा थप उपचारका लागी दिल्ली लगिएको थियो ।

पारिवारिक श्रोतका अनुसार उनको निधन हिँजो राति नै भएको भएपनि आज मात्र अस्पतालले उनको मृत्युको आधिकारिक घोषणा गरेको हो ।
स्व. घर्तीमगर बागलुङ जिल्ला क्षेत्र नं २ को ख क्षेत्र बाट प्रदेश सभासदमा निर्वाचित भएका थिए ।

सामाजिकरुपमा अति मिलनसार एवं अत्यन्तै सहयोगी स्वभावका घर्ती मगरको असामयिक स्वर्गारोहणले निसीभूजी क्षेत्रलाई अपूरणीय क्षती भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.