सांसद टेकबहादुर घर्तीमगर बचाउ अभियान सुरु, सहयोगका लागि सबै संग हार्दिक अपील !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ मंसिर २७ । गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीमगर भारतको राजधानी दिल्ली स्थित ईन्द्रप्रस्थ एपोलो अस्पतालमा कलेजो सम्वन्धी रोगको उपचारार्थ भर्ना गरिएको छ । सांसद घर्तीमगरलाई मंसिर २५ गते काठमाडौ स्थित ग्राण्डी अस्पतालबाट एयरएम्बुलेन्सबाट दिल्ली लगिएको थियो ।

ढोरपाटन नगरपालिका साविक अधिकारीचौर गाविसको सही खोला निवासी प्रदेश सांसद घर्तीमगर निसीखोला गाउँपालिकाको एक कार्यक्रममा अकस्मात बिरामी परेपछी पोखरा स्थित फेवा सीटी अस्पताल, त्यसपछी काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा आईसीयुमा राखी उपचार भैरहेकोेमा त्यहाँ समेत उपचार सम्भव नभएपछी सांसद घर्तीमगरलाई थप उपचारका लागि दिल्ली स्थित एपोलो अस्पतालको आईसीयु कक्षमा भर्ना गरिएको छ ।

प्रदेश सांसद घर्तीमगरको दिल्लीमा उपचार गर्दा निकै धेरै रकम खर्च लाग्ने भएकोले चन्द्रबहादुर घर्तीमगर ( मोबाईल ९८५७६३३१००)को संयोजकत्वमा माननीय सभासद टेकबहादुर घर्तीमगर स्वास्थ्य उपचार सहयोग समिति गठन गरी स्वदेश विदेशमा रहेका दाजुभाई दिदीबहिनी, नातेदार, ईष्टमित्र, विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता, शुभचिन्तक, विभिन्न संघसंस्थाहरु संग सहयोगको लागी हार्दिक अपील गरिएको छ ।

सहयोगको लागि काठमाडौ गोँगबु स्थित प्रभु बैँकको खाता नं ०४२०१००११५५०६८०००००१ (सुनमायाँ घर्ती) मा जम्मा गरिदिन सहयोग समितिले अनुरोध गरेको छ ।

सम्बन्धित लिंक
प्रदेश सांसद घर्ती कलेजो सम्वन्धी रोगबाट गम्भीर, थप उपचारार्थ एयर एम्बुलेन्सबाट दिल्ली लगियो !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.