संघीयता खारेजी राष्ट्रिय जनमोर्चाको पहिलो मुद्दा – अध्यक्ष थापा

कोपिला कंडेल, बागलुङ, २०७५ मंसिर २६ । राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले संघियता खारेजी आफुहरुको प्रमुख मुद्दा रहेको बताएका छन् । उनले संघियताका कारण मुलुकमा धेरैखाले अन्योलता सृजना भएको दाबी गरे । धौलागिरी संचार क्लव बागलुङले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले दुई तिहाईको सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको आरोप लगाए ।

पछिल्लो समय देशमा भ्रष्टाचार, हत्या, हिंसा र बलत्कारका घटनाहरु दिनानु दिन बढ्दै गईरहेकोमा सरकार मौन रहेको बताए । ३ तहको सरकार देशले धान्न नसक्ने भएको चर्चा गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष थापाले स्थानिय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

दुईतिहाईको सरकारले पनि मुलुकमा कुनै उपलब्धी मुलक काम गर्न सकेको छैन, समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल बनाउनका लागि संघियता खारेज अनिबार्य भएको उल्लेख गर्दै बिकासको बाधक संघियता भएको ठोकुवा समेत गरे । संघियताको पक्षमा जनाधार सृजना आफुहरु लागि पर्ने बताए ।

राष्ट्रिय जनमोर्चाको गत मंसिर २१ गते हटियामा सम्पन्न जिल्ला अधिवेशनबाट थापा चौथो पटक अध्यक्ष चयन भएका हुन् ।

कार्यक्रम धौलागिरी संचार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता र सदस्य सृजना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.