औषधि खाएर प्रजिअ पाण्डेव्दारा हात्तिपाईले रोग निवारण अभियानको उद्घाटन !

कोपिला कंडेल, बागलुङ २०७३ चैत १ । बागलुङ जिल्लामा यहि चैत ५ गते शुरु गरिने हात्तिपाईले रोग निवारण अभियानको सिलसिलामा मंगलवार जिल्ला स्वास्थ्य कार्यालय बागलुङले आयोजना गरेको कार्यक्रमको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले हात्तिपाईले रोगको औषधि खाएर उद्घाटन गरे । कार्यक्रमको उद्घाटन पछी बोल्दै प्रजिअ पाण्डेले यस रोगबाट बच्न सबैले औषधि सेवन गर्न सल्लाहा दिएका थिए ।

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी धुर्व गिरी, जिल्ला प्रहरी प्रम्ुख प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङ्ग, धौलागिरी अंचल अस्पतालका डा. सागर राजभण्डारी लगायत बिभिन्न सघंसस्था स्वास्थ्यकर्मी र पत्रकारको टोलीले पनि औषधी सेवन गरेका थिए ।

सो अवसरमा जिल्लामा सर्वसाधरणका लागि यहि चैत ५ गते देखी ७ गते सम्म अभियान संचालन गरिने बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले जानकारी दिए भने लामखुट्टेको टोकाई बाट सर्ने यो रोगको प्रकोप बागलुङमा ६ देखी ९ प्रतिशत रहेको मेडिकल सुपरिटेन्डेन डा. राजभण्डारीले जाकारी दिँदै हात्तिपाईले रोगको उपचार र रोकथामका लागि औषधी सेवन अभियान अनिबार्य रहेकोे बताएका थिए ।

यसवर्ष जिल्लामा २ लाख ५७ हजारलाई हात्तिपाईले रोग बिरुद्धको औषधी सेवन गराउने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
हात्तिपाईले रोगको औषधी सेवन कार्यलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि जिल्लामा २ हजार १ सय १३ जना स्वास्थ्यकर्मी र स्वयंसेवकको टोली परिचालन गरिने छ । जिल्लाको ७ सय ९७ गाउपालिका र पुरानो नगरपालिका अन्र्तगतका ३५ स्थानमा बुथ राखेर औषधी खुवाउने कार्यक्रम रहेको छ । यसवर्ष नेपालका ३० जिल्लामा हात्तिपाईले रोग अभियान संचालन गरिने सरकारको लक्ष्य रहेको छ । बसाई सराई जनसंख्या बृद्धि, अशिक्षा, गरिबी वातावरणिय असन्तुलन र स्वास्थ्य सेवाको कमीले गर्दा हात्तिपाईले रोग फैलिने स्वास्थ्यकर्मीले बताएका छन् ।

कार्यक्रम हात्तिपाईले रोग बिरुद्धको अभियानका अध्यक्ष एबं प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेको अध्यक्षता र बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीको स्वागत मन्तब्य र तथ्याकं अधिकृत घनश्याम साप्कोटाको संचालनमा सम्पन्न भएको थियो ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.