काठेखोला अक्षेतका २२ वर्षीय युवा दुई दिन देखि वेपत्ता !

बागलुङ, २०७५ मंसिर २६ । काठेखोला गाउँपालिका—४ का युवा मनबहादुर थापा दुई दिनदेखि वेपत्ता भएका छन् । काठेखोला—४ साविक तंग्राम गाविस वडा नम्बर—६ साँकोट घर भई हाल काठेखोला—१ अक्षेतेमा बस्ने २२ वर्षीय मनबहादुर मंगलबार विहान देखि वेपत्ता भएको परिवारले जनाएको छ । उनको केही समय देखि मानसिक समस्या देखिएको बताईको छ । मंगलबार बिहान ९ बजेतिर बागलुङ बजार आउने भनि घरबाट निस्केपछि सम्पर्क विहीन भएको बाबु नन्दे थापाले बताए ।

खैरो कोट, कालो पाईन्ट र कालो जुत्ता लगाएर घरबाट निस्केपछि परिवार र आफन्तको सम्पर्कमा नआएपछि प्रहरीलाई जानकारी गराएर खोज्दा पनि फेला पार्न नसकिए उनका आफन्त मनिष थापाले बताए ।

मानसिक समस्या भएका थापाको घरमै उपचार भैरहेको अवस्थामा वेपत्ता भएकाले कसैले भेटेमा प्रहरी कार्यालय वा परिवार आफन्तलाई ९८४७६५५८५३ जानकारी गराईदिन परिवारले आग्रह गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *